मान्छेको मन
काँच भन्दा कमजोर
फूलभन्दा सुन्दर
घामभन्दा घमाइलो
एउटै त रहेछ यहाँ
मान्छेको मन !!!
यहाँ स्पर्श बेगरै
मान्छेको मन
काँचजस्तै टुक्रिन्छ छरपष्ट
तिम्रो मनको निश्वार्थ मायाले
फूलभन्दा सुन्दर हुन्छ मान्छेको जीवन
र
मगमगाउन थाल्छन् तिमीले रोपेका प्रेम फूलहरु
मायाको रापिलो घाम यसरी फैलिन्छ
जहाँ सूर्य स्वयं बन्दी बन्छ,
रातभरी लत्रक्क परेका
मान्छेका मनजस्तै वृक्षका पातहरु
जसरी निमेषभरमै चम्किन्छन् घामको एक चुम्बन पाएर
त्यसरी नै चम्किन्छन्, मान्छेका मनहरु
तिम्रो निश्वार्थ प्रेममा
यही मन हो ,
जसले युद्ध जित्छ, संसार हाँक्छ,
यही मन हो
आखाँभरी टिलपिल आँशु पारेर रोइदिन्छ !!!
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस