झ्यालको सिशा उही छ

झ्यालको सिशा उही छ
कहिलेकाहिँ चराको बिष्टा खस्छ
र बनाउछ धर्सो
आँखाको डिल हुँदै बग्ने आँसुले जस्तै
म हेरिरहन्छु ड्याफोडिल्सहरु बगैचामा
उसै गरि गुलाफका फूलहरु, चमेली र मखमलीपनी
अहो कति सुन्दर जीवन!
हर्षले उम्रिन्छ्न मन भित्र सपनाका टुसाहरु
सगरमाथालाई नै उछिन्ने गरि
साँझ पर्छ, म सुत्छु
भोलि झ्यालको सिशा उही छ
हर्षले उम्रिन्छ्न मन भित्र सपनाका टुसाहरु
सगरमाथालाई नै उछिन्ने गरि
साँझ पर्छ, म सुत्छु
भोलि झ्यालको सिशा उही छ
अहो कति निरर्थक छ जीवन
निमेष भरमै फूल जस्तै झर्छ
साँझ पर्छ
हिजो झरेको चराको बिष्टा सुकेर खंग्रंग छ
फक्रक्क फुलेको गुलाफ लत्रक्क छ
आँखाको डिल हुँदै आँसु बग्न थाल्छ
र बनाउछ धर्सो
चराको बिष्टा झ्यालको सिशामा खसे जस्तै
अहो कति निरर्थक छ जीवन
निमेष भरमै फूल जस्तै झर्छ
साँझ पर्छ
आँखाहरु थाक्छन र बिछ्यौनामा गएर पल्टिनछन्
भोलि झ्यालको सिशा उही हुन्छ
झ्यालको बिष्टा रातभरको झरीले पखाल्छ
डुबेका हुन्छन फूलहरु सबै जमिनमा
बिष्टा छोड्दै उड्ने चरो त्यहाँ हुन्न
पर छितिज़मा इन्द्रेणी लाग्छ
र यो मन भुर्र्र्र्र उडेर त्यहाँ पुग्छ
झ्यालको शिसा उही छ
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस