आफ्नी आमालाई परदेशी छोरोको पत्र

आमा,
अगेनोको डीलमा बसी तिमीले भात दिएको,
तर मैले
झोल अनि अचार संग मीठो भएन भन्दै,
लात हान्दै थाल पर सम्म पुर्याउदा,
तिमी भने साडीको सप्कोले
आँसु पुछ्दै,
एक नजर पुलुक्क बाबामाथी लाउथ्यौ,
अनि बाबा निधारमा हात राखी
दलानतिर हेर्दै,
खै के-के, के-के सोच्नु हुन्थ्यो ।
समय बदलियो,
मेरो आडम्बर धुलो भयो,
आज म,
एउटा सपना बोकेर मरुभूमिमा हराएको छु,
आफ्नो पसिना बेचेर,
खुल्ला आकाशमुनि,
नितान्त एक्लै यो प्रवासमा
जीवन बिताईरहेंछु।
मानौ म सजाय काटिरहेको छु ।
यहाँ म खोई कसलाई घुर्क्याउँ ?
समय बदलियो,
मेरो आडम्बर धुलो भयो,
आज म,
एउटा सपना बोकेर मरुभूमिमा हराएको छु,
आफ्नो पसिना बेचेर,
खुल्ला आकाशमुनि,
नितान्त एक्लै यो प्रवासमा
जीवन बिताईरहेंछु।
मानौ म सजाय काटिरहेको छु ।
यहाँ म खोई कसलाई घुर्क्याउँ ?
आमा,
तिमीलाई कति छले ,
कति ढाँटे,
म सानो थिए,
ममा तिम्रो प्रेम थियो ।
तिम्रो मात्स्लयले मलाई बेरेको थियौ ।
यहाँ अहिले म तिमीले दिएको भातको थालि सम्झिरहेछु ।
यहाँ म खोई कसलाई घुर्क्याउँ ?
अपसोच, आज,
तिम्रो माया,
तिम्रो काख,
यो विरानो भुमीमा आइरहन्छ,
लालायित हुन्छ मेरो आत्मा तिम्रो निस्वार्थ मायाको लागि ।
आमा,
मेरो मिल्ने साथि
जो संग म पोख्ने गर्थे मनका भावहरु
उ पनि आउदैछ अरे गाउँबाट परदेश,
मै बसेको बस्तीमा,
उसैलाई पठाईदेउ है
बन्दखाममा तिम्रो माया
र पठाउ है,
तिम्रो हातले बनाएको,
खोपामा प्लाष्टिकले बेरेर डब्बामा राखेको,
त्यो अमिलो गुन्द्रुक मेरो लागि।
लेखक :पुष्प आर जे, जुरोपानी-९ (झापा) *
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस