ट्रम्पको तुलोमा ओली

सन् २०१६को अमेरिकी रास्ट्रपतिय निर्वाचनमा विश्वले नसोचेको एउटा अप्रत्याशित नतिजा आउँछकी– अमेरिकी रास्ट्रपति चुनाबमा रिपब्लिकन उमेद्द्वार डोनाल्ड जे ट्रंपको बिजय। यसैपनि कट्टरपन्थी दल रिपब्लिकन त्यसमाथि डोनाल्ड ट्रंपजस्तो हाडलाइनर नेताको बिजयीले विश्व अर्डरक्रमलाईनै एककिसिमले अनिश्चयको भुमरीमा पारेको महशुस गरिदैथ्यो। सुद्द ब्यापारी ट्रंप राजनैतिक उचाईकि बलियो प्रतिपक्ष उमेद्वार हिलारी क्लिनटन भन्दा सुरुमा निकै कमजोर देखिन्थे। यथास्थितिबादी अमेरिकी सपना भन्दा भिन्न र नौला थिए जसको उनि नेतृत्व गर्दैथे । अर्थात अमेरिका पहिलो ।

यता केपी ओली ट्रंपझै नया र नौला सपना जनतालाई देखाउछन अर्थात रेल, तेल, पानिजाहाजको जसको बलमा भोलिपनि लम्बिदो सक्रमण्कालिन परिस्थितिलाई किनारा लगाउदै दुईतिहाईको जनमतसहित १० महिना प्रधानमन्त्रीमा निर्वाचित हुन्छन। रेल, तेल, पानिजाहाज जस्ता सामरिक र रणनीतिक महत्वका कुराहरुमा पहिलो प्रधानमन्त्रितवकालमा चिन संग प्रारम्भिक समझदारीमा हस्तक्षार गरेका ओलीले यो कुरा चीनतिर बाट आउनु भनेको एतहासिक रुपले भारतबेस्टित मुलुक नेपालका लागि बिस्व सम्पर्कका लागि (अर्थात आयात निर्मातका लागि) बिल्कुलै नया र ठुलो ढोका खुल्ला हुनु हो जसलाई नेपालि जनताले रास्ट्रिय स्वाधिनताको रुपमा परिभाषित गरे । चलाख ओली रेल, तेल, पानिजाहज जस्ता कुराहरु प्रधानमन्त्रीको कुर्शीमा भजाउन सफल हुन्छन।
ओबामा कालिन यथास्थितिबादी अमेरिकी नेतृत्व जसले अमेरिकाको साख र नेतृत्वलाई उच्च प्रशिक्षित सेना, अत्याधुनिक हतियार र बिशाल धनराशीको बलमा टिकाउने रणनिति अमेरिकाको लागि पेण्डुलम साबित भैरहेथ्यो जसलाई ट्रम्पले भत्काउने उध्घोस गरे र “अमेरिकाका” होइन “अमेरिका पहिलो” भन्ने नीतिले अमेरिकी जनताको नजर आफूतिर तान्न र एउटा आशा र सपना अमेरिकीहरुमा जगाउन सफल भए ।
यता केपी ओली ट्रंपझै नया र नौला सपना जनतालाई देखाउछन अर्थात रेल, तेल, पानिजाहाजको जसको बलमा भोलिपनि लम्बिदो सक्रमण्कालिन परिस्थितिलाई किनारा लगाउदै दुईतिहाईको जनमतसहित १० महिना प्रधानमन्त्रीमा निर्वाचित हुन्छन। रेल, तेल, पानिजाहाज जस्ता सामरिक र रणनीतिक महत्वका कुराहरुमा पहिलो प्रधानमन्त्रितवकालमा चिन संग प्रारम्भिक समझदारीमा हस्तक्षार गरेका ओलीले यो कुरा चीनतिर बाट आउनु भनेको एतहासिक रुपले भारतबेस्टित मुलुक नेपालका लागि बिस्व सम्पर्कका लागि (अर्थात आयात निर्मातका लागि) बिल्कुलै नया र ठुलो ढोका खुल्ला हुनु हो जसलाई नेपालि जनताले रास्ट्रिय स्वाधिनताको रुपमा परिभाषित गरे । चलाख ओली रेल, तेल, पानिजाहज जस्ता कुराहरु प्रधानमन्त्रीको कुर्शीमा भजाउन सफल हुन्छन।
अब तुलना गरौ ट्रंप संग ओलीको । ट्रंप सत्तामा आएदेखि अहोरात्र आफुले बोलेको बाचा पुर्याउन खटिरहेका छन “मेक अमेरिका ग्रेट अगेन” का लागि। जसका आधारहरुमा छन् – अमेरिकाको अन्य देशसंगको ब्यापार घाटा, गैरकानुनी आप्रबाशिहरुको बाडी, साझेदार मुलुकहरुसंगको साझेदारिताको पुन मुल्यांकन, अमेरिकी प्रविधिहरुको सम्बर्धन र सुरक्षण आदि। जस्तो की अमेरिका चीनसंगको ब्यापार घाटा लगभग चारगुना हुन आउँछ, जापान, दक्षिण कोरिया, क्यानडा जस्ता देशरुसंग पनि अमेरिकाको ब्यापार घाटा भारि मात्रामा देखिन्छ जसमा ट्रम्पले आँखा गाडेका छन् र हस्तक्षपको नया औजार प्रयोगमा ल्याउदैछन । त्यसैको परिणाम हो अमेरिकाको चिन-ब्यापार युद्द, भलै उक्त युद्दले कस्तो नतिजा ल्याउला भविष्यले बताउला , यति सम्म अनुमान गर्न सकिन्छ की अब अमेरिकाको चिन संगको ब्यापार घाटा लगभग चार गुणा बढीको पक्कै हुने छैन बाकि बिस्व संगको अमेरिकाको ब्यापार घाटा घट्ने बित्तिकै त्यहाको अर्थब्यबस्था यत्तिकै मजबुत हुने देखिन्छ । “मेक अमेरिका ग्रेट अगेन” को यो एउटा खम्बा भन्न सकिएला ।
दोस्रो अमेरिकामा गैरकानुनि आप्रबाशिको बाढिले त्यहाको सामाजिक स्थाइत्व र रोजगारीको क्षेत्रमा देखिएको संकटलाई उनले कडा आप्रवासन नीति अख्तियार गर्दै मेक्सिको को सीमालाई पर्खाल मार्फत गैरकानुनि आप्रबासीको प्रबेशमा नियन्त्रणको प्रयास जारि राखेका छन्। र उक्त पर्खाल स्वीकृतिका लागि कांग्रेसमा जोडदार रुपले बहस र धम्कि दुवै जारि राखेका छन् । हेरौ यसमा बहुमतमा आसिन डेमोक्र्याटलाई कत्तिको कायल पार्न सक्छन ट्रम्पले ।
तेस्रो अमेरिकाका साझेदार मुलुकहरुसंगको साझेदारिताको पुन मुल्यांकन, जसमा उनले अमेरिकी आर्थिक, सैन्य सहयोग मार्फत सुरक्षा र स्थायित्व प्राप्त गरेका मुलुकहरु संग अब “सुरक्षा खातिर शुल्क” की जुन नीति अख्तियार गर्दैछन जसबाट अमेरिकालाई अतिरिक्त आर्थिक लाभ हुनेनैछ ।
चौथो , अमेरिकी प्रबिधिको सबर्धन र सुरक्षण जसबाट उनि अमेरिकालाई अझ उत्कृष्ट र सुपर पावरमा कायमै राख्न तल्लिन छन् परिणाम स्वरुप प्रबिधि चोरीको मुद्धा, चिनिया हुबाबे कम्पनि संगको बिबाद सतहमा प्रखर रुपमा देखा पर्दैछन।
जसरि ट्रंप मुख्य रुपमा यो चार खम्बे रणनीति कार्यन्वयन मार्फत अमेरिकी अर्थतन्त्रलाई थप सबल र चलायमान बनाउदैछन। जस्तो कुनैपनि देशको अर्थतन्त्रको ऎना मानिने त्यहाँको पुजी बजार हाल उचाईमा कायमै छ । डलरको थप मजबुदी , किर्तिमान तहमा बेरोजगारीको संख्यामा कमि मासिक रुपले लाखौको संख्यामा रोजगारीको सृजना , प्रतक्ष बैदेशिक लागानी प्रबाह अझ बढेर जानुले संकेत गर्दछ्की – ट्रम्पले चुनाब ताका जे बोले अक्षरस कार्यन्वयनको तहमा लैजादै परिणाम देखाउदैछ्न ।
यता नेपालका प्रधानमन्त्रीले चुनाब ताका जे बोले अहिले पनि त्यहि बोलिरहेका छन् । अर्थात कार्यन्वयनको चरणमा नलगी हुनेछ, गरिनेछ,आउनेछ,बनाइने छ जस्ता भबिश्यार्थी शब्दहरुलाई प्रयोग गर्दै आफ्ना मुद्दाको बचाउ गर्दै आफ्ना कार्यकर्ताहरुलाई कहिले अरिङ्गालको रुपमा बिरोधि माथि जाईलाग्न, कहिले आफ्नो बचाउमा नेकपाका एउटैपनि बौदिक ब्याक्तित्वले प्रयास नगरेको भनि झपार्दैछन। जव अर्थराजनीति जानकारहरुले देशको बर्तमान अवस्थाको डाइगनोसिस गरि उचित बिकाशको लागि केहि कुरा प्रेस्क्राईब गर्दछन तब ओली उक्त कुराको अनुशरण नगरी गर्जनछनकी — यी बुज्रुकको तुजुक म पनि देखाउन सक्छु । ओलीले बोलेरै चुनाब जिते, बोलिरहदैछन् र मलाई लाग्छकी उनि कुर्शीमा रहुन्जेल बोलिमात्रै रहन्छन ।

ट्रंपको तुलोमा ओलीलाई राखेर नापौ। उद्दाहरण काफी छन् यिनका असफलताहरुको– उनि प्रधानमन्त्रीमा निर्बाचित भएर आएदेखिनै अर्थतन्त्रको सुचकको रुपमा रहने सेयर बजारले पाताल देखिरहेछ, प्रत्यक्ष बैदेशिक लगानी बढ्दो होइन घट्दो क्रममा छ, ब्यापार घाटाले मुलुकको अर्थतन्त्रलाई गम्भीर धक्का दिदैछ, रास्ट्र गौरबका आयोजनाहरुमा तिब्रता होइन थप शितलता आउदैछ। भ्रस्टचार , दण्डहिनता जस्ता कुराहरु तल्लो निकाय देखिने संस्थागत हुँदैछन, दलाल पुजिबाद मार्फत माफियाहरुको हातमा देशको अर्थतन्त्र र राजनीति नियन्त्रित हुँदै गहिरहेको देखिन्छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस