सेता धर्साहरु……………

पदमप्रसाद भट्टराई,
झापा , हाल कतार
बिहानीको उज्यालो खस्नै नपाई बिजुली बत्तीको अाँखै चिढ्याउने चमकसंगै सेता धर्सा विचबाट खाडी मुलुकमा लाखौं नेपाली लगायतहरुको दैनिकी शुरुआत हुन्छ भनाैं गर्नुपर्छ। अाँखामा निन्द्रा छछल्काउदै लाखौं युवाहरूलाई पारिवारिक सुखको चाहाना, बाहाना, बाध्यता, जे भनेपनि, ले पर्देसिन बाध्य बनाएको छ। नियतिले पर्देसिएकाहरुको कथाब्यथा यहाँको झण्डै ७० डिग्रीको गर्मी भन्दा चर्को भेटिन्छ जुन न राज्यले सुनेको छ न राज्य चलाउनेहरुले नै सुन्न भ्याएका छन। छ त केवल अाफुअाफु वीचमा ‘भन्नू र सुन्नु’ को मन बुझाउने मेलो।
सेता धर्सा वीचबाट चिल्ला भनिने चाैडा सडकहरुमा गुडेका गाडीहरुको तिब्र रफ्तार अनि नदेखिएका नभेटिएका पैदलयात्री, न त चरीहरुको मधुर चिरबिर केही छैन। एकदम फुस्रो रंगबिहीन सन्नाटा नै यहाँको परिचय बनेको छ। फुपट्टको ढुङ्गे मैदानमा बनेका काला चाैडा सडक, सडकमाथि बनेका सोझा र घुमेका अाकाशे पुलहरु देख्दा गेउरिया खोलामा बर्सेनि पुलमाथिबाट बग्ने भेल याद अाउदो रहेछ। त्यही ढुङ्गे मैदानमा, काला सडक किनारामा जबर्जस्त अनि बच्चा हुर्काए झै गरि हुर्काईएका फुल र हरिया बुट्यानहरुको हरियालीले नेपाली मनहरुलाई कहाँ शीतल दिनसक्छ र!
अनाैठो लाग्छ, बेग्लै लाग्छ, छरपस्ट छैनन् मान्छे यहाँ, सबै अाफ्नै रफ्तारमा छन, अाफ्नै काममा भेटिन्छन् , नियममा चल्छन् , नियमित छन्। न त चर्का नारा लाग्छ न त जुलुसै देखिन्छ न त कुनै वाद छ न कुनै बिवाद, न नेता भेटिन्छ न त अन्धभक्त कार्यकर्ता नै, अनि त समृद्ध भएको छ। सडकमा टायर बल्ने होइन गुड्ने गर्छ, त्यसैले त यहाँ न त खाल्डा पर्छ न त खाल्डाको पानीमा डुबेर कोही मर्छ।
सडक किनारमा फुलाईएका सयपत्रीहरुले देउसी भैलो र भाइटिका याद दिलाउछ। उसले अाफ्नो धर्म निर्वाह गर्छ त्यसैले त ऊ यहाँ पनि सयपत्री भएको छ।

मुलुक राणा, पंचायत, बहुदल, प्रजातन्त्र हुँदै अाज संघीय गणतन्त्रमा हिडिरहेको छ भने बाध्यतावश नियत र नियतिको शिकार भई दैनिक बिदेशिने युवाहरूको लर्को बढिरहेको छ। सम्पूर्ण जीवन राजनीति र मुलुकको लागि सुम्पेको भन्नेहरुले नै अाज मुलुक बिखण्डन र बर्वादीतर्फ लगिरहेका छन भने उर्जाशील युवाशक्तिलाई खाडीका मुलुक समृद्ध बनाउनका लागि धपाईरहेका छन् अनि देखाउछन समृद्धिका सपनाहरु।
सेता धर्सा वीचबाट चिल्ला भनिने चाैडा सडकहरुमा गुडेका गाडीहरुको तिब्र रफ्तार अनि नदेखिएका नभेटिएका पैदलयात्री, न त चरीहरुको मधुर चिरबिर केही छैन। एकदम फुस्रो रंगबिहीन सन्नाटा नै यहाँको परिचय बनेको छ। फुपट्टको ढुङ्गे मैदानमा बनेका काला चाैडा सडक, सडकमाथि बनेका सोझा र घुमेका अाकाशे पुलहरु देख्दा गेउरिया खोलामा बर्सेनि पुलमाथिबाट बग्ने भेल याद अाउदो रहेछ। त्यही ढुङ्गे मैदानमा, काला सडक किनारामा जबर्जस्त अनि बच्चा हुर्काए झै गरि हुर्काईएका फुल र हरिया बुट्यानहरुको हरियालीले नेपाली मनहरुलाई कहाँ शीतल दिनसक्छ र!
काला चाैडा सडकहरु, अनेकौं महलहरु, अाैधोगिक क्षेत्रहरु लगायतमा नेपाली श्रम र पसिनाको बासना बर्षाै देखि बर्षाैसम्म फैेलिरहने देखिन्छ। मुलुक राणा, पंचायत, बहुदल, प्रजातन्त्र हुँदै अाज संघीय गणतन्त्रमा हिडिरहेको छ भने बाध्यतावश नियत र नियतिको शिकार भई दैनिक बिदेशिने युवाहरूको लर्को बढिरहेको छ। सम्पूर्ण जीवन राजनीति र मुलुकको लागि सुम्पेको भन्नेहरुले नै अाज मुलुक बिखण्डन र बर्वादीतर्फ लगिरहेका छन भने उर्जाशील युवाशक्तिलाई खाडीका मुलुक समृद्ध बनाउनका लागि धपाईरहेका छन् अनि देखाउछन समृद्धिका सपनाहरु। काला सडकमा सेता धर्साहरुले गाडी नियन्त्रण गरे झैं उत्तर र दक्षिणका बिनारंगका विशाल धर्साहरुले सार्वभौम मुुलुक चलाउनेहरु, बहुमत अल्पमत, दुईतिहाई प्राप्तहरु निर्देशित भएको आभाष हुन्छ अनि त लाखौं नेपाली मन रुन्छ। खाडीका चाैडा सडकमा पोखिएका पसिनाहरु अाफ्नै माटोमा, अाफ्नै भुगोलमा पोख्नपाए कति रंगिन हुन्थे होला सेता धर्साहरु !!!
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस