Advertisements

मैले रोपेका सपनाहरुको
बालि किन पाक्दैन?
यति धेरै रातहरु बितिसके!
जुनकिरी आएर जान्छ,
तारा टिल्पिलाएर भाग्छ,
जुन मस्केर अलप हुन्छ

खोइ किन अझै पनि मेरो
सपनाको बालि पाक्दैन?

म हिडेको बगरको
बालुवा उडिसक्यो
पाईला मेटिसक्यो
खोला सुकिसक्यो
खोइ किन हो सपना काँचै छ?

आफैलाई लोहोरी
गाएर कति सुनाउ?

हरेक बर्ष किसानले
घरमा धान भित्र्याउदा
म झस्किन्छु कतै मेरो सपनाको
बालि त पाकेन?

तर काँचो, फगत काँचो
मेरो सपनाको बालि कहिलै पाकेन
धानको बाला जस्तो
लह लह कहिलै झुलेन !

आँखामा मुजा परिसके हेर्दा हेर्दै
औला दोब्रिसके गन्दा गन्दै
बेलुन फुटिसके उड्दा उड्दै
तर सपनाको बालि कहिल्यै पाकेन

Advertisements

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

One thought on “सपनाहरुको बालि किन पाक्दैन?”

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.