राजेस हमाल कि मेरा बा !


राजेस हमाल संग मेरा बा को के त्यस्तो सम्बन्ध छ जुन झट्ट हेर्दा न कद मिल्छ, न उचाई मिल्छ, न जुँगा मिल्छ । तपाईँलाई लाग्दो हो यसले के बकम्फुसे कुरा गर्न लाग्यो । तर यी दुई बिचमा तपाईले कल्पना गरेभन्दा धेरै समानता छ उमेरमा, नायकत्वमा, कसरत र खानामा, बर्णमा र जीवनका रङ्गमा ।
ल आउनुहोस केहीबेर यो समानताको पर्दाफाँस गरौ ।
सुरुवात गरौ उमेरबाट । हमाल उमेरले ५४ हुन् भने मेरा बा त्यहि ६०-६२ । एक प्रकारले भन्ने हो भने झन्डै समकालीन । दुवै उस्तै भरभराउदा । अलिकति मेरा बा खुम्चिए जस्ता, कारण हमालले बच्चाको बाउ हुनुको जिम्मेबारी काँधमा नलिई हुर्किनुको सायद फाईदा/बेफाईदा केहि होला । यता मेरा बाले छोरो पनि कत्रो बनाए नि ! अहिले हमाल र आफ्नै बाको तुलना गर्न थालिसक्यो अनि?
दोस्रो नायकत्व । नेपाली चलचित्र जगतमा माहानायकको स्थान पाएका हमालले सयौ नेपाली चलचित्रमा आफ्नो भूमिका निर्भाह गरिसकेका छन् ।कहिले भरिया भएर, कहिले संकर भएर, कहिले बटुवा भएर, कहिले के भएर, कहिले के भएर । मेरा बाले पनि जीवनका उकालीओराली हरुमा सयौ भूमिकाहरु निर्भाह गरिसकेका छन् कहिले हाम्रो अभिभाबक भएर, कहिले हाम्रो भरिया भएर, कहिले आधा पेट खाएर, कहिले पानि चुहिने छानो मुनि सुतेर । फरक यति हो हमालको जिवनमा नाटक बढी भो। मेरो बाको नाटकमा, जीवन बढी भो । आखिर जीवन नाटक, र नाटक जीवन न हो ।

फरक यति हो हमालको जिवनमा नाटक बढी भो। मेरो बाको नाटकमा, जीवन बढी भो । आखिर जीवन नाटक, र नाटक जीवन न हो ।


कसरतको कुरा गरौ । हमाल शारीरिक ब्यामलाई अति नै जोड दिन्छन, त्यहि भएर आफ्नै घरमा सारीरिक कसरत गर्ने एउटा ठाउँ बनाएका छन् । खाने कुरामा पनि उत्तिनै ध्यान दिन्छन । प्राय: उसिनेकै खान मन पराउछन । मेरा बा फेरी ठ्याक्कै उस्तै । बिहान ५ बजेनै उनको निन्द्रा खुल्छ । उठ्ने बित्तिकै हात झटकार्न थाल्छन, टाउको मर्काउन थाल्छन, खुट्टा तर्काउन थाल्छन । उनलाई एक कप मिठो चिया, गुन्द्रुकको तरकारी र उसिनेको फर्सी भए केहि चाहिन्न । एउटा कुरो मेरा बालाई थोरै भएपनि दिनमा एक छाक चामलको भात चाही चाहिन्छ है , त्यो चै हमाल भन्दा अलिकति फरक पर्यो ।
अब कुरा गरौ बर्णको । कालो बर्णका यी दुवै हिस्सी परेका छन् । घाम र पानीले अलिकति डडायो, अलिकति रुझायो होला मेरा बालाई, नत्र यो दुबैका छाला एउटै रंगले बनेको छ । हमाल दिनदिनै नुहाउलान, मेरा बा अलिक समय लगाउछन । जति सुन्दर छ यिनीहरुको छाला, मन पनि त्यतिनै सुन्दर छ । यी दुबैको मनमा पाप छैन । रिसाए भने चै मेरा बा अलिक बढि कालै हुन्छन है ।
अब कुरा गरौ जीवनका रंगका । हमालसंग जीवनपर्दामा अनेक रंग घोलिएका छन । जीवन घाम-छाया, उकाली-ओराली, प्रेम, आरोह, अबरोह, र त्यसै घरि घोलिएका छन् मेरा बाका जीवन रङ्गमा । हमालको भन्दा एउटा बढि मेरा बा संग उनको छोराको सपना घोलिएको छ ।
एउटा नेपालि फिल्मी दुनियाको हिरो, माहानायक परे भने, अर्को मेरो आफ्नै हिरो, माहानायक परे । अनि छैनन् त यी दुवै उस्तै , दुरुस्तै । ल हेर्नोस तस्बिर आफै बोल्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope