जब तिम्रो केहि लाग्दैन
कुर्नु सिवाय,
बस, कुर्नु सिवाय !
फगत, कुर्नु सिवाय !

आत्मा हाथमा राखेर हिड्नु सिवाय
तिम्रो तर्क तिम्रै गोजीमा राख्नु सिवाय,
गल्लीको मक्षडले जिस्काउदा फिस्स हास्नु सिवाय,
अरुको इशारामा पुतलिझै नाच्नु सिवाय,
तिम्रो केहि लाग्दैन
तिमी किन जतिनै नास्तिक हौ
फेरी पनि “मेरो तकदिर” भन्न सिवाय,
तिमी आँफैले फुटाएका मुर्तिका भगनाबेशहरु
बटुलेर फेरी इश्वरको नाम लिन सिवाय !
तिम्रो केहि लाग्दैन
कुर्नु सिवाय,
बस, कुर्नु सिवाय !
फगत, कुर्नु सिवाय !

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.