म आन्ध्र माहासागरको तिरै तिर हिड्दा पनि
उ म संग हुँदैन ।
उ म बाहिर निस्किन्छ
मेरो बस भन्दा बाहिर,
समाएर राख्न खोज्छु
र उसलाई उसको स्थान र दायीत्व बुझाउछु
अहँ, उ मान्दैन ।
म भित्रको मुटु
म भित्र नबसे पछि
म भित्र नधड्के पछि
म उसलाई पछ्याउछु ।
उ अगी अगी
म पछि पछि

मैले हार खाएर
सम्पुर्ण जिम्मा उसैलाई दिएको छु
मेरो जीवनको हिसाब किताब उसैले राखेको छ,
मेरो चोटको खोट, मैले कमाएको नैतिकताको भोट
र मैले मेरो जीवन बैंकमा ब्यालेन्स गरेका नोट
उसैसंग राख्न दिएको छु ।

उ कहिले बीच बाटामा लमतन्न सुत्छ
धमनीको आड लाएर र
फेरी कोल्टे फिर्छ ।

मैले उसैलाईनै जिम्मा लगाएको छु
कुर्न मेरो सपनाको बालि ।
उ डुल्छ सडक सडक
त्यहिँ बिस्तारा लाएर पल्टिन्छ,
धेरै चोटि उ किचिएको छ बुटले,
ठगिएको छ झुटो आस्श्वासनले

म निरिह उसलाई पछ्याइरहेछु
तर अहँ उ म भित्र आउन मान्दैन
उ मलाइ जाउँ भन्छ लुम्बिनी
चढौ भन्छ सगरमाथा
पुगौ भन्छ चादनी र दोधारा
रयाफ़्टिङ्ग गरौ भन्छ त्रिशुलीमा
बसौं भन्छ झुपडीमा
कसैको आँखा हौ भन्छ
कसैको खुट्टा बनौ भन्छ
म भित्रको मुटु
म भित्र नबसे पछि
म भित्र नधड्के पछि
म उसलाई पछ्याउछु ।
उ अगी अगी
म पछि पछि

2 thoughts on “सुन्ने कबिता: उ अगी अगी, म पछि पछि”

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.