“समृद्धि ” आएको छ!

पदमप्रसाद भट्टराई , झापा
हाल :- कतार
“समृद्धि ” आएको छ, छाएको छ।
बिजुलीका पोलैपिच्छे
दिनैपिच्छे, भाषण पिच्छे
आएको आएकै छ।
पोस्टर बनेर आएएको छ।
ज्याकेट लाएर आएको छ।
भाषण भएर आएको छ।
रेडियो टिभीमा आएको छ।
अखबारमा आएको छ।
चुस्कीको चियर्समा आएको छ।
नयाँ युगमा आएको छ।
नयाँयुग भएर आएको छ।
परिभाषा फेरेर आएको छ।
परिभेष बदलेर आएको छ।
आउन चै आएको छ।
जबर्जस्ती आएको छ।
पल्लाघरे काकाको फुटेको कुर्कच्चामा ।
नाम्लोको डाममा,
हत्केलाको ठेलामा,
खाडीमा पोखिएको पसिनामा
सडकका खाल्डाखुल्डीमा
धुलोमा
पानीजहाजमा ।
मेलम्चीमा ।
मोनो रेलमा ।
घर घरको ग्याँस चुलोमा
चुहिने छानोमा ।
भत्केको मनमा ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस