लासमा राजनीति

जिउँदो हुँदा
सम्झनामा लेख्दैन उ
र मरेपछि
सजाउँछ फेसबुकको भित्तो र भन्छ,
उ गएर जीवन र राजनीति रित्तो भयो,
त्यहिँ राजनीति गर्छ उ।
लासमा श्रदान्जलीका दुई आँसुका ढिका खसाउँछ
र भन्छ “रास्ट्रलाई अपुरणिय क्षति भयो”
अर्को भन्छ “वाइडबडिमा उसको संङ्गलग्नतानै थिएन”
हास्नेहरुपनि हुन्छन
उनीहरुको चर्चा नगरौ बेकारमा,
मान्छे किन हाँस्छ?
त्यसको छुट्टै उपन्यास लेखौला ।
उ पाठ सिकाउँछ हामीलाई
उ आँफु पाठ सिक्दैन ।
पात्रको तारिफ गर्छ उ तर,
त्यो पात्र जस्तो आफ्नो चरित्र बनाउदैन,
“असामयक मृत्यु भयो” भन्छ, तर
मृत्युको कारण खोज्दैन ।
आँसु त मेरो पनि आयो,
मेरो श्रीमतीको झनै
राम्रो मान्छे गुमाउदा को रुदैन र ?
हास्नेहरुपनि हुन्छन
उनीहरुको चर्चा नगरौ बेकारमा,
मान्छे किन हाँस्छ?
त्यसको छुट्टै उपन्यास लेखौला ।
यो रोएको नाटक गर्नेहरुको मात्र चर्चा हो ,
मान्छे मरेपछी तारिफ गर्नेहरुको मात्र चर्चा हो?
यो लासमा राजनीति गर्नेहरुको मात्र चर्चा हो?
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस