मेरो नाम “निर्मला” हो
एउटा सुन्दर बगैचा भित्र थिए म
भर्खरै लागेका थिए मेरा पंखेटा
बगैचाका हरेक फुलझैँ म पनि फुल्दै थिए
त्यतिबेला रुखले पनि पालुवा हाल्दै थियो
आमा संग थिए गौथलीका बचेराहरु
तर उदास र मलिन थियो आकास
बादल विस्मित थियो,
मैले त्यो भाषा बुझिन
आफ्नै मुटुको धड्कन सुने
र निक्लिए बगैचा बाहिर
मलाई म जस्तै लाग्यो चित परिचित
हावा, धुलो, र कणहरु
मानौ ति सबै मेरो सुरक्षामा हाजिर थिए
तर ति सबै उठेर आए मेरो घांटी अँठ्याए
मुटु निचोरे, उम्रिदै गरेका स्तन कोतरे
र बिष्फोट गराए मिसायल
मेरो कलिलो योनि भित्र

मैले युद्द गरे
मेरा पंखेटा भुत्लिए, भाँचिए
म फुल्दै गरेको फुल न थिए, झरे
पलाउदै गरेको पालुवा न थिए, चुट्टीए
आमा बिहिन भएँ
र छुट्टिए आफैले टेकेको धर्तिबाट
जहाँ हावा, धुलो र कणहरुले
कुनै पनि बेला तिम्रो करणी गर्न सक्नेछन

तिमीले टेकेको धर्ति सुरक्षित छैन

भन्देउ फुलहरुलाई नफ़ुल्न
कोपिलाहरु नफक्रिन
पालुवाहरु नलाग्न
मुटुहरु नधडकिन
छोरीहरु नजन्मन, नजन्माउन!!!

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.