बुद्धको बुद्धत्व वृक्षको आडमा भयो

ज्ञानको फल वृक्ष बाटै आयो

इश्वरको अवज्ञा वृक्षको फल खानाले भयो

वृक्ष बाटै स्याउ खस्यो र

गुरुत्कर्षणको सिदान्त वृक्ष बाटै भयो

वृक्षमै झुन्ड्याईए तानाशाहबाट सपुतहरु

एंनी फ्र्यांङ्कले झ्यालबाट हेरिन त्यहि वृक्षलाई

जहाँबाट गेस्तावोले उनको परिवारलाई

घिसारेर लग्यो

र जीवनको सुन्दर डायरी लेखिन,

वृक्षले नै बोक्दो रहेछ

कथा, इतिहाँस, सम्झना र सपनाहरु

मेरो मुटु च्यातिएको बेला

मैले पनी वृक्षकै आडमा सिलाएँ

अहिले फेरी

म सुत्ने कोठाको झ्यालबाट एउटा वृक्ष देखिरहेँछु।

पालुवा हाल्दै गरेको

सोच्दैछु संसारका युवाहरुलाई आव्व्हान गरौ

“आऊ हाम्रो देशको परिवर्तन वृक्षबाटै सुरु गरौ”

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.