मलाई पनि अंग्रेजीमा बोल्न सिकाईदेउन: परदेशमा भाषा


परदेशी कलम
लेखक: पदमप्रसाद भट्टराई, झापा, हाल कतार

“मैले मात्रै अंग्रेजी नजानेको हो र ? उनीहरु पनि नेपाली जान्दैनन् नि!” एउटा साथी अंग्रेजीमा लिईएको एक अन्तर्वातामा असफल भएपछि म संग भन्दै थियोे। शुरुमा त हलुका रुपमा लिएको यो बिषय अाफैंलाई गहन र गहिरो लाग्न थाल्यो अनि म पनि घोत्लिन बाध्य भए। एक हिसाबले भन्ने हो भने मेरो साथीले भनेको कुरा कति पनि गलत थिएन। निम्न मध्यम बर्गीय, उचित सीप नभएका, कमजोर पढाइ भएका युवाहरु नै खाडी मुलुकमा रोजगारीका लागि अाएका छन् केही अपवादलाई छोडेर। अधिकांश युवाहरूको साझा समस्या भाषामा दखल नहुनु नै हो त्यो पनि अंग्रेजी भाषा लेख्न, बोल्न,  बुझ्न नसक्ने यो समस्याले पिडीत युवाहरुको संख्या धेरै छ। उल्लेखित घटना त प्रतिनिधि घटना मात्रै हो।

काम सिक्न भन्दा भाषा सिक्न गार्‍हो रहेछ। तर भाषा सिक्न झनै जरुरी रहेछ। अधिकांश युवाहरु काम सजिलोसँग सिक्छन तर अंग्रेजी भाषा सिक्न सक्दैनन् । सरकारी, सामुदायिक बिद्यालयको त्यो बेलाको पढाइको मापन अहिले बिदेशिएका युवाहरूको शैक्षिक अवस्थाले गर्न सकिन्छ। त्यो बेला अंग्रेजी बिषय केवल कक्षा पास गर्नका लागि गरिने कम मेहनत, कम महत्त्व दिने, कक्षामा अंग्रेजीमा बोल्ने अभ्यासले प्राथमिकता नपाउने जस्ता कारणले धेरै युवाहरू भाषा पिडीत भएका छन। अहिले त धेरै सुधार भएको पाईन्छ। मिल्दैन कि, जान्दिन की, अरुले के सोच्लान जस्ता सोचाइले गर्दा अलिअलि जान्नेहरु पनि अंग्रेजीमा बोल्ने अाँट गर्दैनन् , पछि सर्छन। मैले कनिकुथी बोलेको उसले नबुझ्ला की, ब्याकरण नमिल्ने हो कि जस्ता हीनताबोधले ग्रस्त धारणा धेरै युवाहरूको साझा समस्या हो जसको प्रारम्भ बिद्यालय तहबाट नै शुरु भएको हो। नेपालमा बिद्यालयको सिकाई प्रणालीमा “एकोहोरो संवाद ” ले जरो गाडेको छ। त्यहाँ दोहोरो सिकाई प्रणाली छैन, दोहोरो संवाद खासै हुन्न, कक्षाकोठामा, मञ्चमा गएर बोल्ने अभ्यास हुन्न, शिक्षकले एकोहोरो वाचन गर्ने, बिद्यार्थीले त्यही सुन्दैजाने, नबुझेको सोध्न नसक्ने परम्परागत सिकाई पध्दतिबाट बिद्यालय शिक्षा लिएका सामान्य साक्षर युवाहरू बाट “फरर अंग्रेजी” को अपेक्षा गर्नु मुर्ख्याँई मात्र हुनेछ।


अन्तर्राष्ट्रिय राजनीति, ब्यापार, शिक्षा, स्वास्थ्य, बिज्ञान प्रविधि, संचार, उड्डयन, पर्यटन लगायतका क्षेत्रमा माध्यम भाषाको हैसियतमा रहेको अंग्रेजी भाषा नपढेर, नबोलेर, नबुझेर धेरै नेपाली युवाहरू पछि परेको यथार्थलाई अब पनि नजर अन्दाज गर्ने हो भने, निरक्षर, सामान्य साक्षर, सीपमा अदक्ष, अर्धदक्ष युवाहरुले तीब्र बिकाशको रफ्तारमा दाैडिरहेका खाडी मुलुकमा चैं काम पाउने अाफनो मुलुकमा चैं बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य नगर्ने हो भने, रेमिटान्सको सट्टामा मुलुकको  राष्ट्रिय गाैरवका अायोजना, अन्य भाैतिक निर्माणका क्षेत्रहरु जस्तै सडक निर्माण, बिद्युत अायोजनाहरुमा बिशेष गरि बिदेशिएका युवा शक्तिलाई अाकर्षित गर्दै फिर्ता बोलाएर निर्माणको जिम्मा अब पनि नदिने हो भने समृद्ध नेपाल केवल नाममा मात्रै सीमित रहनेछ।

खाडी मुलुकहरुमा विभिन्न भाषा बोल्ने, विभिन्न मुलुक बाट अाएका कामदारहरुमा त्यहाँको स्थानीय तथा अंग्रेजी भाषा नजानेर विभिन्न दुर्घटनामा पर्ने, विभिन्न अवसरहरुबाट बञ्चित हुनुपर्ने, अफिसियल काममा अरुको सहयोग लिनुपर्ने जस्ता समस्याहरु रहेका छन् । यहाँका रोजगारदाता कम्पनीहरु, निर्माण तथा पेट्रोलियम क्षेत्र, जहाँ धेरै नेपाली युवाहरु काम गर्छन् , मा दिईने प्राथमिक सुरक्षा तालिमहरु समेत अंग्रेजी भाषामा ( केही केहीले हिन्दी भाषामा, सबै नेपालीले हिन्दी बुझ्दैनन।) दिने हुनाले सम्बन्धित काम गर्ने तरिका, नियमहरु प्रयाप्त मात्रामा नबुझ्ने हुनाले कतिपय दुर्घटना भई अंगभंग तथा मृत्यु समेत हुने गरेको छ। नेपाल सरकार तथा सम्बन्धित निकायले यस बिषयमा गम्भीर भई उल्लेखित सुरक्षा तालिमहरु नेपाली भाषामा दिने ब्यवस्था मिलाउन सम्बन्धित मुलुकहरुमा अाग्रह गरेमा यो समस्या हल भई कैयौं नेपाली युवाले अकाल मै ज्यान गुमाउनु पर्ने थिएन र भाषा समस्याले सिर्जित यो बिषय नै समाधान हुने थियोे।

अंग्रेजी भाषा संसारभर फैलिएर माध्यम भाषाको रुपमा काम गर्ने एउटा भाषा न हो। अन्तर्राष्ट्रिय राजनीति, ब्यापार, शिक्षा, स्वास्थ्य, बिज्ञान प्रविधि, संचार, उड्डयन, पर्यटन लगायतका क्षेत्रमा माध्यम भाषाको हैसियतमा रहेको अंग्रेजी भाषा नपढेर, नबोलेर, नबुझेर धेरै नेपाली युवाहरू पछि परेको यथार्थलाई अब पनि नजर अन्दाज गर्ने हो भने, निरक्षर, सामान्य साक्षर, सीपमा अदक्ष, अर्धदक्ष युवाहरुले तीब्र बिकाशको रफ्तारमा दाैडिरहेका खाडी मुलुकमा चैं काम पाउने अाफनो मुलुकमा चैं बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य नगर्ने हो भने, रेमिटान्सको सट्टामा मुलुकको  राष्ट्रिय गाैरवका अायोजना, अन्य भाैतिक निर्माणका क्षेत्रहरु जस्तै सडक निर्माण, बिद्युत अायोजनाहरुमा बिशेष गरि बिदेशिएका युवा शक्तिलाई अाकर्षित गर्दै फिर्ता बोलाएर निर्माणको जिम्मा अब पनि नदिने हो भने समृद्ध नेपाल केवल नाममा मात्रै सीमित रहनेछ।

“मलाई पनि अंग्रेजीमा बोल्न सिकाईदेउन अंग्रेजी मै मनको कुरा खोल्न सिकाईदेउन……” गीतले भने झैँ अंग्रेजीमा पोख्त पढेलेखेका बिद्वानहरुले पनि हाम्रो नेपाली भाषा सिकेको भए, जानेको भए अलि सहज  हुन्थ्यो कि भन्ने साथीको भनाई जायज हुुँदाहदै पनि हामीले नै सिक्नु पर्ने बाध्यता भईसकेको छ अन्यथा भोलिका दिनमा पनि अवस्था यही रहनेछ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope