जब सम्म महलमा बस्नेहरु
झुपडिभित्र पस्दैनन
तब सम्म आँधिबेरीनै पसिरहन्छ
र निमोठिरहन्छ निर्ममतापुर्बक
बुढाबुढी र बालक
र उडाईरहन्छ घरका छाना
र त्यस भित्रका खुशी र सुन्दर कामना ।
क्रन्दन बोकेर उड्छ आँधि
र चिथोर्छ झुपडी भित्रका मुटुहरु !
जबसम्म महलमा बस्नेहरु
झुपडी भित्र पस्दैनन
तब सम्म भेलमात्रै पसिरहन्छ
र सोतर बनाएर लान्छ गरिबको भाग्य
जहाँ लेखिएको हुन्छ “खोटो”
कहालीलाग्दो त त्यतिबेला हुन्छ
जतिबेला आँधि र भेल पसेर निस्किन्छ
आमा सङ बालक छोरो हुदैन
श्रीमान सङ श्रीमती हुन्न
अन्न्याय त त्यतिबेला हुन्छ
जतिबेला आँधिले एक दुई ज्यान
बाँकि राखेर जान्छ
गुँडबाट बचेरा निमोठेर लान्छ
प्रीयसिको फोक्सो चुँडालेर भाग्छ।
डरलाग्दो हुन्छ दृश्य:
उद्दारटोली आउँछ
राजनिती आउँछ राहातमा
राहातमा राजनिती आउँछ ।
अखबारमा छापिन्छ आँसु
र बिलौना
माथी माथिनै उड्छ हेलिकप्टर
र नियाल्छ भग्नावसेष
जहाँ छरिएका हुन्छन
टुक्रीएर हृदयबिधारक मुटुहरु
जुन जुडिदैन कुनै राहातले ।
जब सम्म महलमा बस्नेहरु
झुपडी भित्र पस्दैनन
तबसम्म
आँधिबेरी मात्रै पसिरहन्छ
भेलमात्रै पसिरहन्छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com