क्यानभासमा देश

क्यानभासमा हुनुपर्थ्यो
नेपाली हिमाल चड्दै गरेको जून
वा उदाउदै गरेको सुर्य
वा उड्दै गरेका चरा
वा पाहाडको काख हुँदै बग्दै गरेको नदी,
निलो पानि, आकाशमा बादलका बर्णहरु।
तर म पाउँछु,
एउटी बृद्ध महिला पाईपमा तमाखु भर्दै
तमाखु बाट धुवाँ फणा फुलाउदै जान्छ
धुवाँजस्तै उनको कपाल, पाहाडे कागजजस्ता उनका हात
दुधको छालीजस्ता उनका आँखा, उनको एकहोरो खोकी
वा म पाउँछु लडेको रुख, बाटो बिराएको बटुवा, रित्तिएको जवानी, उसको बिलौना
वा म पाउँछु छरपस्ट कपाल, च्यातिएको योनाङ्ग
किन म यस्तो देख्छु क्यानभासमा
यद्दपि चित्रकारले प्रयोग गर्ने मसि उही हो,
रङ्ग उही हो, ब्रस उही हो, स्वयं चित्रकार उही हो
“मटेरिअल” उही, सबथोक त्यहि हो?
फेरी पनी क्यानभास घाईते छ
प्वाँख काटिएको परेवा जस्तै
क्यानभासमा कला छ
कला घाईते छ ।
जव कला घाईते हुन्छ
आस्था र बिस्वास ढल्छ
क्यानभास जहाँ पोखिन्छन हृदयहरु
पोखिन्छन भावना र संवेदनाहरु ।
अहिले म अभिसप्त छु
किन क्यानभासका रङ्गहरु अनौठा देखिन्छन?
किन घाईते देखिन्छन?
म अलमलमा छु कतै मेरो देश
क्यानभासमा घाईते त छैन !
म अलमलमा छु मेरो देश घाईते क्यानभास हो
वा घाईते क्यानभास मेरो देश हो !
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस