तिमी किन गर्दैनौ यो देशको माया, नेता ज्यु?


म सोफामा टुक्रुक्क बस्छु
हातमा कलम हुन्छ,
झ्यालबाट सुर्यका किरण समात्न खोज्दै
म मेरो कबितालाई जीवन दिन चाहान्छु
मेरो मस्तिष्क कैंचीले
मेरा धमिला सम्झनाहरुलाई काट्दै,
तिनै सम्झनाले म मेरो खाली पानाको “ल्यामिनेसन” गर्छु।
मेरो काब्य भाषामा जाँगर हुँदैन,
नाच्छ दुई भूगोल बीच,
लाग्छ एउटा चितपरिचित, अर्को अजिब
म खन्याउछु कवितामा मेरा भावनाहरु
पाउँछु आनन्द र भ्रमको दुबिधामा
म गर्ब गर्न चाहान्छु मेरो देशको
जसले मलाई न्यानो सुरक्षाको प्रत्याभूत गर्न सकोस ।
देशको राजनीति मेरो सम्झनामा तन्किन्छ अलिक पर
म सुन्दै हुन्छु गरिबी चिच्याएको,
म बिरामी हुन्छु सुनेर असंबेदनशिल ठट्टा
पस्किदै हुन्छन राजनेताहरु जनतालाई,
एउटा “जोक”, बर्बराहाट।
म आँफैलाई हेर्छु ऐनामा
र औंलाहरु आफ्नै अनुहारमा डुलाउछु
मेरा देशभित्रका रेखाहरु खोज्दै
जुन म भित्र एउटा तरङ्ग बनेर कुदिरहेछ ।
मेरो छाती गर्भले फुल्छ थाहा पाएर
ब्रिटिश साम्राज्यसंग झुकेन
मेरो देश
जो संग छन् अनुबाद हुन नसक्ने
संस्कृति, भाषा, रितिरिवाज, जाति
जैविक बिबिधता, र दर्शन
जुन सोफेनहावर र नित्सेले पनि सापटी लिए ।
म सबैलाई एकैठाउँमा अँगालो मार्छु ।
म झुक्न चाहान्न छिमेकी साम्राज्यसंग
म कसैद्वारा मौन बनाईन चाहान्न ।
मेरो मुटुको नजिक, निशर्त म
मेरो देशलाई प्रेम गर्छु र भन्छु
“म नेपालि हुँ।”
मज्जा आउँछ “गर्ल्यामगुर्लुम” भन्दा
के भन्ने यसलाई अरु भाषामा?
त्यो आनन्द, त्यो संगीत, त्यो सब्दको झन्कार,
त्यो “कथार्सिस” जसले ल्याउँछ
मेरो दिल र दिमाखमा शान्ति, आनन्द, अपरम्पार
र मलाई चम्काउछ प्रेमले र बनाउँछ अमर ।
म हुर्केका बाटाहरुका सम्झनाले मेरो हृदय भर्छ
जसरि रगतले धमनीहरु भर्छ।
तिमी किन गर्दैनौ यो देशको माया, नेता ज्यु?


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope