विवाह गरेर के गल्ती गरे प्रचण्डले ?


यतिबेला नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो विवाह गरेको प्रसँग जताततै छताछुल्ल भएको छ । झन् सामाजिक सन्जालमा त विभिन्न खाले सकरात्मक र नकरात्मक टिका—टिप्पणीहरु प्रस्तुत भएका छन् । प्रचण्डले आफनो ५० औँ बार्षिकोत्सव मनाउन नपाउदै केहि दिन अगाडी नै विभिन्न पत्रिका तथा अनलाइनहरुले प्राथमिकताका साथ उनको विवाहको प्रसँगलाई प्रकाशन गर्ने, सेयर गर्ने क्रम बढेको थियो । कुनै कुनै अनलाइनमा त यसरी समाचारका शिर्षक राखिएको थियो कि मानौँ उनी सिता बाहेक अर्के महिलासँग दोस्रो विवाह गर्देछन् । “फेरी विवाह गर्दे प्रचण्ड” , “आखिर किन गर्देछन् प्रचण्ड दोस्रो विवाह” यि र यस्तै  समाचारका शिर्षकले कतै प्रचण्डले अर्के महिलासँग पो विहे गर्दे छन् कि भन्ने झै छनक दिन्थ्यो र धेरै मान्छेलाई कौतुहलता जगाइदिन्थ्यो जसका कारण समाचार घोत्लिएर पढ्न आम मान्छे विवश हुन्थे । हुन त भ्युअर बढाउन पनि यो हिसावले समाचार शिर्षक राखिएको हुनसक्छ , तर पनि के के न ठूलो कुरा हो जस्तो गरी समाचारहरु प्रेशित भए । 


विवाहको ५० औँ बर्ष सँगसँगै विताउनु एउटा ठूलो उपलब्धीको रुपमा मानिन्छ । यहाँ विवाह भएको केहि बर्ष त के केही महिनामै पारपाचुके भएर सम्बन्धहरु टुटिरहेका छन् ।  कतिपय दरारयुक्त सम्बन्धहरु निभाइरहेका छन् । समाजमा बाहिर मिलेजस्तो गर्ने तर भित्र एउटै विस्तारामा पनि अपरिचित जस्ता भएर सामाजिक भुमिका मात्र निभाएका कैयौँ  श्रीमान श्रीमती भेटिन्छन् । ५० र्आैँ बर्षसम्म अलग नभई, घरव्यवहार सम्हालेर दुबैले विवाह अनि परिवार नामक सँस्थाको मुल्य मान्यतालाई कायम राख्न सक्नु साँच्चै प्रचण्डले उत्सव मनाउनै पर्ने विषय हो । फेरी यो नयाँ चलन वा प्रचण्डले नै निकालेको चलन पनि त हैन । उनी देशको नेता भएपनि उनको पनि त निजि जिन्दगी छ, उनी पनि कसैका श्रीमान् हुन्, कसैको बाबु हुन् । फेरी उनले मनाएको विवाह उत्सवलाई लिएर किन मानिसहरु आफनो समय खर्च गरिरहेका छन् । प्रचण्डले विवाह गरेको फोटो राखेर जनयुद्ध कालमा १७ हजार मानिस मारेको हिसावकिताव किन खोज्दैछन् मानिसहरु ? यो कहि कतै तालमेल हुने कुरा हो र ? त्यो बेलाको युद्ध मानसिकता र त्यसले निम्त्याएको परिणाममा के प्रचण्ड मात्र एक्ला दोषी हुन् ? के अरु सबै निर्दोष छन् ? बुझदै नबुझी केहि मानिस उनीप्रति निरन्तर खनिरहेका छन् । 


अर्को कुरा नियालेर प्रचण्डका ब्यक्तिगत जिन्दगीका केहि पानाहरु हेर्ने हो भने थाहा हुन्छ कि उनी देशका नेता बाहेक एउटा श्रीमतीका लागि एकदम माया र हेरचाह गर्ने श्रीमान् हुन् । प्रचण्डले आफनो बेफुर्सदिलो समयमा पनि समय निकालेर पत्नी सितालाई समय दिएको देखिन्छ, उनको उपचार कहाँ गएर सम्भव हुन्छ, के गर्दा सम्भव हुन्छ भनेर उनी हरहिसावले लागिरहेका छन् । श्रीमतीको उपचारका लागि कहिले देश, कहिले परदेश त कहिले तातोपानीमा डुबुल्की मार्न पनि प्रचण्डले भ्याएका छन्  । हाम्रै समाजमा यस्ता मानिसहरु पनि छन् जो आफनी श्रमतीलाई रोगले सताएपछि टाढा भएका छन् । तर प्रचण्ड सकेसम्म श्रीमतीलाई समय दिन्छन् । एउटी श्रीमतीले आफुलाई विरामी, ग्राहो— स्राहो भएको बेला मात्र उसको श्रीमानको साथ खोज्छे, उसको पद प्रतिष्ठा हैन ।  उसको सामाजिक पद प्रतिष्ठाले उसलाई त्यती खुसी दिदैन, जुन नितान्त श्रीमान हुँदा उसले गर्ने मायालु व्यवहारले गर्छ । प्रचण्ड देश दुनियाँ सँगै आफनी श्रीमतीको उपचार र उनलाई लामो समय बचाउन हुनसक्ने जती सबै उपाय अपनाईरहेका छन् । विवाहको उत्सव मनाउँदा श्रीमतीलाई थोरै राहात मिल्छ भने किन त्यो नगर्ने भनेर एउटा श्रीमान्ले गर्न पाउँदैन र ? के उसले श्रीमतीलाई खुसी दिन खोजेर अपराध ग¥यो ? । आफनै आफन्तभित्रका कोही गुमाउदा पनि हामीलाई असह्य हुन्छ भने प्रचण्डले त आफनो साहारा नै गुमाएका छन् । जसले बुढेसकालका साहारा भनिने एक मात्र छोरा गुमायो, छोरी गुमाए, फेरी श्रीमती पनि जिवन मरणको दोसाँधमा छिन् । यस्तो अवस्थामा उनले कुन मानसिकताले आफुलाई सम्हालेर श्रीमतीलाई पनि सम्हालदै होलान् ? हामीले कहिल्यै सोचेका छौँ ? । कति दह्रो मुटु बनाएर बाँचेका छन् होला , यो कसैले अनुमान पनि लगाउन सक्दैन । बस मानिस उनलाई फोकटमा गाली गर्न उद्धत छ । 


विवाहको ५० औँ बर्ष उत्सवका रुपमा मनाउने पत्नी सिताको चाहाना एउटा श्रीमानको हैसियतले प्रचण्डले पुरा गरिदिएका छन् । यसमा पत्नी सितालाई भाग्यमानी मान्नुपर्छ, जसले हरहमेसा श्रीमानको साथ पाएकी छिन् ।  यसमा अरुको टाउको दुखाई किन ?  को छ यहाँ अजम्बरी, को बाँच्ला युगौयुग सम्म ? आज अरुलाई बल्ल खाइस भनेर सराप्नेहरुको जीवनमा भोली यही भयावह स्थिती नआउला भन्न सकिन्न । मन नपरेको पात्र भन्दैमा  हर कुरामा लखेट्ने प्रवृत्तीको अन्त्य हुन आवाश्यक छ । प्रचण्ड र सिताविचको अथाह मायामोह सधै रहिरहोस । विवाहको ५० औँ बर्ष गाँठको फेरी पनि शुभकामना प्रचण्ड—सितालाई ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope