गर्मी माैसमको शुरूवात, ड्युटी उही, दैनिकी उही साथीसंगी उही, एकनासको दैनिकी, बिहानै गयो, साँझमा अायो, खाना खायो, सुत्यो। गर्मीको कारण कामको सिलसिलामा अलिबढी अाराम मिल्छ। काम र अारामको समय तापक्रम बढे अनुसार “काम कम अाराम बढी” को सिध्दान्त अनुसार निर्धारण गरिएको छ। मैले काम गर्ने ठाउँमा जस्तो अन्य ठाउँमा यस्तो सुबिधा नहुन सक्छ, सायद छैन। चिसो मिनरल पानी, वातानुकुलित अाराम घर, काम र अारामको समय निर्धारण जस्ता सुबिधाले गर्मीमा पनि केही राहत मिलेको छ। ३२° हुँदै ४०° तापक्रम पुग्दै गर्दाका हालका शुरुवाती गर्मी माैसम छिप्पिएर ६८°/७०° सम्म पुग्ने गर्छ।अप्रिल देखि अक्टोबर सम्मका दिनहरु अचाक्ली गर्मीले खाडीका अागोसरी तातेका बालुवामा लाखौं नेपाली युवायुवती अाफ्नो भबिस्य कोर्न बाध्य छन्।
अब चैं अाफ्नै देशमा, अाफ्नै गाँउठाँउमा केही न केही उद्यम ब्यवशाय गर्नुपर्छ भन्ने सोच अधिकांश युवाहरूको दिमागमा अनि एकअापसमा गफ गर्ने सिलसिलामा उब्जन्छ। यस्तो सकारात्मक सोच उब्जनुमा गर्मीको महत्त्वपूर्ण योगदान छ। गर्मीको तातो रापले युवाहरुलाई अाफ्नै ठाउँमा केही उद्यम गर्नुपर्छ भन्ने सोच्न बाध्य बनाएको छ। कोहीले यसलाई मजाक, कोहीले गफ गर्ने मेलो, कोहीले टाईम पास र कोहीले गम्भीरतापूर्वक लिएका छन तर पनि केही न केही चैं गर्नैपर्छ भन्नेमा सम्पूर्ण युवाहरूको एकमत छ, सहमति छ | तर के गर्ने, कसरी गर्ने, कहिले गर्ने, कस्तो गर्ने, कसरी उद्यमशील बन्ने भन्नेमा पुरै अन्योल छ। परिस्थितिजन्य अनेकौं बाध्यताका कारण घर परिवार छोडेर परदेशीएकाहरुको मनले पनि अाफ्नै देशमा केही गर्न पाए, परिवार संगै बस्न पाए हुन्थ्यो भन्ने उत्कट चाहना राखेको पाईन्छ। ” गरे पो हुन्छ , गर्दै नगरे कसरी हुन्छ ?” एक मनले यस्तो भन्छ भने अर्को मनले के गर्ने, कसरी गर्ने, लगानी डुब्ने पो हो की , अलिकति भएको जायजेथा पनि जाने हो की, बरु खाडीको यही जागिर खानु उचित ठान्छ। जोखिम मोल्न नचाहने, गर्ने शाहस नजुटाउने अाम प्रवृत्ति युवाहरुमा देखिन्छ जसलाई चिर्नको लागि राज्यले वातावरण बनाईदिनु पर्छ। जे भए पनि सकारात्मक पक्ष चैं अाफनै मुलुकमा केही न केही गर्नुपर्छ भन्ने सोचको बिकाश भएको छ। यही सोचलाई केन्द्रमा राखेर राज्यको नीति तथा कार्यक्रम, बजेट, अावश्यक नियम कानुन युवामैत्री साथै युवाहरुलाई उद्यमशील बनाउन गर्नुपर्ने काम, दिनुपर्ने सेवासुबिधा, सहुलियत, ऋण अनुदान अादि ईत्यादीको ब्यवस्था राज्यले गरेर युवाशक्तिलाई सदुपयोग गर्दै समृद्धिको यात्रा तय गर्न सकिन्छ।
गफका क्रममा धेरै युवाहरुले कृषि क्षेत्रमै सम्भावना देखेको र ब्यवशायिक रुपमा कृषि कर्म नै गर्ने चाहना राखेको बताउँछन्। यहाँका सुपरमार्केट तथा मलहरुमा चिउरा भुजा देखि लिएर फलफूलहरुमा “Product of Nepal” को स्टिकर लगाएर छ्यापछ्याप्ती पाउने गरी निर्यात गर्ने देखि यहाँ सस्तो पोषिलो मानिने एक किसिमको रेडिमेड रोटी, जसलाई “खबुस” भनिन्छ, उत्पादन गरी काठमाडौ लगायतका ठुल्ठुला बजारमा बेच्ने जस्ता कुराहरु गफका क्रममा सोचिएका बिषयहरु हुन। श्रीलंकाले टायर, बंगलादेशले चिउरा भुजा, भारतले धेरै थोक यहाँको बजारमा उपलब्ध गराएको छ भने नेपालमा उत्पादित अलैंची “Product of India” को स्टिकर टाँसिएको अवस्थामा भेटिन्छ।अाफ्नै बारीमा फलेको चिज अर्कैको उत्पादन भएर बजारमा पाउँदा मन कटक्क हुन्छ। खाडी मुलुकहरुले दैनिक उपभोग्य सामानहरु ठूलो मात्रामा अायात गरेर नै उपभोग गर्दछन्। ग्याँस तथा पेट्रोलियमको निर्यात गर्ने यी मुलुकहरु हाम्रो कृषि उत्पादनको ठूलो ग्राहक हुनसक्छ। कृषिजन्य, मासुजन्य, दुग्धजन्य पदार्थको उत्पादन ब्यवशायिक तथा सामुहिक रुपमा गर्ने, खाडी मुलुकमा निर्यात गर्न युवाहरूलाई राज्यले उचित बाताबरण निर्माण गरी परिचालन गर्ने हो भने रोजगारीको अवसर सिर्जना भई मुलुकको निर्यात ब्यापारले गति लिई अर्थतन्त्र मजबुत हुनजान्छ।
ब्याक्तिपिच्छेका फरकफरक कुरा, फरकफरक सोच अनि फरकफरक धारणा चिसा अाराम घरमा सुन्न पाईन्छ। राजनीति, धर्म, नेतालाई गाली, पैसा, प्रेम अनि भोलिका दिनमा नेपाल गएर गर्न लागेको पेशा ब्यवशायका कुरा लगायत अनेकौं बिषयमा गफ, छलफल, बिवाद, तर्कबितर्क हुन्छन्। केही रमाइला केही रोचक अनि केही चैं साच्चै गम्भीर लाग्छन्। सानोतिनो नाङ्गले पसल देखि ठूलाठूला सुपरमार्केटसम्म, कुखुरापालन देखि अस्ट्रिचपालन सम्म, बाख्रापालन देखि, पाडापाडी, गाईभैसीपालन हुदै दुग्ध तथा मासुजन्य पदार्थको उत्पादन, प्रसोधन र निर्यात ब्यापारसम्म, खबुसको उत्पादन तथा ब्यापार देखि खाद्यान्नको उत्पादन तथा निर्यात सम्मका कुरा हुन्छन् जुन राज्य र युवाहरूको सहकार्यले सम्भव पनि छ। कोही चैं गाडी किन्ने, चलाउने, कमाउने मिलेसम्म यहाँबाट घर जाँदा अाफ्नै गाडीमा जाने, कोही चैं घरै नजाने यहीँको बलाैटे बगर ठेक्कामा लिएर खरबुजा खेती गर्नै, कोही चैं मिलाएर दियो भने बन्द हुन लागेको ” जेट एयरवेज ” किनेर चलाउने सम्मका गफहरुले युवाहरु केही न केही गर्नलाई अातुर छन् भन्ने शन्देस दिएको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
Reblogged this on Tulasi's blog and commented:
Beautiful write-up.