सत्ताका गोएबल्सहरु


सत्ताका गोएबल्सहरु

एउटा चौध बर्ष जेल बसेको
साम्यवादी शासकले सत्ता चलाउदा पनि
मेरो सपनामा आईपुग्छन गोयेबल्सहरु
मेरो घाँटी थिच्न, मुख थुन्न ।
जनयुद्दबाट जन्मेको एउटा सकुनी
सत्तामा लम्पसार परेर बस्छ,
बिचरा उसलाई पनि
कति पोल्दो हो अतितले पोल्न त?
जहाँ गयो त्यहि घृणा !
“थुक्क, के यहि थियो मैले सोचेको?”
भनेर आँफैलाई सराप्तो होला, धिक्कार्दो होला ।
बिचरा, सोकै सोकमा डुब्न थालेको छ उ पनि ।
सत्ता र स्वार्थ नै त रहेछ अन्तिम लक्ष्य:
एउटा “समाज रुपान्तरण” को लागि एक्लै हिड्यो
अर्को फेरी थालो पड्काउन
आफ्नै आमाको छातीमा बारुद,
खोज्न थाल्यो त्यहि जंगल
जहाँ उसले सिकेको थियो
जनताको मुक्तिको नाममा गरिने
बन्दुक र हत्याको शृंखला ।
फटाहाहरुले राज गरेको राज्यको
नागरिक रहेछु म,
जहाँ कानुन हुन्छ, कार्यन्वयन हुँदैन
पहिलोले हाम्रो आँखा छल्छ,
दोस्रोले सत्ता चलाउँछ ।
जब कलम र बिचारले
सत्ताको धोति खुस्काउन थाल्छ,
यिनीहरु डराउछन र थाल्छन
आफ्ना अस्त्रहरू प्रयोग गर्न
जसले गर्दा छोपिउन
यिनीहरुका लाजका गहना,
त्यहि क्रममा आइपुग्छन
गोएबल्सहरु मेरो घाँटी थिच्न, मुख थुन्न ।
कहिले बुझ्लान यिनीहरुले
सत्ता चलाउनु आवाज दबाउनु होइन!
सत्ता चलाउनु जनतालाई ढाट्नु होइन!
सत्ता चलाउनु रास्ट्र लुट्नु होइन !
सत्ता चलाउनु अहमता देखाउनु होइन!
सत्ता चलाउनु फेरी अहिंसा तिर धकेल्नु होइन !
सत्ता चलाउनु कानुन मात्र बनाउनु होइन !
सत्ता चलाउनु बिचार र अभिव्यक्ति संग डराउनु होइन !


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope