आउ बुद्धका मुर्ति भत्काऊ

आउ बुद्धका मुर्ति भत्काऊ
नबोल्ने ढुुङ्गो न हो त्यो
आउ मन्दिरका गजुर ढालाै
आस्थाको प्रतीक न हो त्यो
त्यो भन्दा बढी के नै हो र ?
शान्ति र अहिंसा
‘डेट एक्सपायर’ भईसक्यो।
बुद्धका सन्देशहरु सबै
बकवास भईसक्यो।
मन्दिरको भगवानलाई
होली वाईनले धोईसक्यो।
शंखघण्टको आवाजलाई
डिजे संगीतले पछारीसक्यो।
त्यसैले केही फरक पर्दैन।
मुर्ति तोडेर, गजुर ढालेर
आऊ हामि सबै मिलेर तोडौ ढालौ !
आस्था नै मानिसमा छुटेपछि
अहंकारले उसलाई लुटेपछि
मुर्ति फुटेपछि
गजुर टुटेपछि
बाँकी के नै रहयो र !
आखिर यहि हो भने
कहिलेसम्म फहराउला चन्द्रसुर्य ?
कहिलेसम्म अग्लिएर बस्ला सगरमाथा ?
कहिलेसम्म सुनिएला सीता र भृकुटीका कथा,
बुद्ध, बेद, र बीरताका गाथा ?
कहिलेसम्ममा साकार होलान सहिदका सपना ?
कहिलेसम्म समयका अठोटहरु
संस्कृति र सम्पदाका अवषेशहरु
रहलान, फैलिरहलान ?
खोई त सुन्ने र बुझ्नेहरु ?
होलि वाईनले नुहाएर
मदमस्त हुने बेसुराहरु
हिलो छ्यापाछ्याप गर्दै गर्दा
म फ़ोडिएको मुर्ति सम्झिन्छु
हिजो थियोे आज रहेन।
अब बाँकी रहेको पनि भत्काउ !
त्यसैले, हामि सबै मिलौ आऊ
आउ बुद्धका मुर्ति भत्काऊ
नबोल्ने ढुुङ्गो न हो त्यो
आउ मन्दिरका गजुर ढालाै
आस्थाको प्रतीक न हो त्यो
त्यो भन्दा बढी के नै हो र ?
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस