रबि र सालिकरामको न्यायमा

आ, भो छोड्दिउ कति लेख्नु रबि लामिछानेको बिषयमा, बरु पर्खौ र हेरौ न्याय मुर्तिको निसाफ भन्छु फेरी यो मनले मान्दैन । यसो फेसबुक खोलो जनताको सागर रविको पक्षमा उर्लेको देख्छु, उनको पक्षमा वकालत गरेको देख्छु, जता हेर्छु, जे हेर्छु तार्किक र सहि लाग्छ । अर्को सानो पक्षको पनि वकालत हेर्छु जसले रविको बिपक्षमा वकालत गर्छ त्यो निकम्पा, बकम्फुसे, अनैतिक, कुतार्कित र विसंगति लाग्छ। होइन रबिकै गल्ति छ कि क्या हो भन्ने मानसिकता र मनोविज्ञानले मेरो दृष्टिकोणलाई परिवर्तन गर्न खोज्छु, अहँ यो मनले रविलाई निस्कलंक र निर्दोष देख्छ । झन् बढि माया पलाएर आउँछ । संका लाग्न थाल्छ के रविले न्याय पाउला? एक मनले भन्छ रविले न्याय पाउनु, सालिकरामले पनि न्याय पाउनु हो, उसको परिवारले न्याय पाउनु हो, जनताको हक र अधिकार प्रत्याभूत गर्ने प्रशासनले न्याय पाउनु हो, समग्रमा जनताले न्याय पाउनु हो। सालिकरामको परिवारले नै रबि लामिछानेको बिरुद्दमा उजुरी दिएको सुनेपछि एक्कासि कसले फेरी सालिकरामको परिवारलाई फसाउन खोज्दैछ भन्ने संका लाग्छ। हरेक कोणबाट षणयन्त्र किन रचिदैछ भनेर डर लाग्छ र त्यसै त्यसै यो रविको माया लागेर आउँछ ।
यो रबि नेपाल आमाको छोरोलाई कसले मोरो बनाउदै छ भनेर पिर लाग्छ। रबि गलत नै हो भनेर हेर्न खोज्छु मरिगए भेट्टाउदिन । उसका हरेक कार्यक्रमको याद आउँछ, हरेक ठाउमा उसले बोलेका बिचारहरुको याद आउँछ, उसले गुनगुनाउने गित र संगीतमा समेत राष्ट्रभक्तिको झंकार आउँछ, को बन्छ करोडपतिमा उसले गाएको “स्वर्गादपि गरियसी” को सम्झना आउँछ । त्यो भन्दा बढि उसको बिचार, बिबेक र बुद्दि अनुसारको उसको सामाजिक ब्यबहारको याद आउँछ। बोलेर मात्र होइन गरेरै देखाउने उसको क्षमताको याद आउँछ । उसको मातहातमा सयौ आमा, दिदि, बहिनि, र दाजुभाईले न्याय पाएको, भ्र्स्टचारि, घुसखोरी र माफियाको पर्दाफाँस गरेको आँखा अगाडि झलझली आउँछ ।
यस्तो मान्छेलाई किन कुनै बलियो आधार बेगरै, आत्माहत्या गराउन दुरुत्साहन गराएको भन्ने आरोपित भिडियोको आधारमा पक्राउ गरियो भनेर संका लाग्छ।
जनता लाटा छन् भन्ने मलाई लाग्दैन । त्यसै जनता सडकमा समुन्द्र बनेर आउदैन । मलाई लाग्दैन एउटा पत्रकारकोलागि, उसको न्यायको लागि, उसको उन्मुक्तिको लागि त्यसै जनता स्वस्फुर्त सडकमा आउदैन । त्यसको कारण हुन्छ । उनीहरुले देखेकाछन थोरै मात्र राम्रा मान्छेले न्याय पाएका छन् । नेपाल त के संसारकै इतिहासमा मलाई थाहा छैन कि जनता यसरि एउटा पत्रकारको न्यायको लागि बुलन्द आवाज लिएर सडकमा उत्रियोस । यदि त्यसो हुन्थ्यो भने हिजो ऋषि धमलालाइ पनि गिरफ्तार गर्दा कोहि चरो मुसो सडकमा आएन । त्यहि ऋषि धमलाले रबि लामिछानेको दाईलाई अन्तर्वार्ता लिने क्रममा के भनेर सोधे भने “२०/२५ हजार जनता सडमा आउने बित्तिकै ३ करोड नेपालीको प्रतिनिधित्व हुन्छ?” कति तार्किक प्रश्न हो यो जनताले जान्दछन उनको जनता जान्न चाहान्छनमा । यस्ता टट्टु प्रवृति भएका पत्रकारहरुको जमातमा रविको आफ्नै पहिचान देखेको छु मैले । न यिनीहरुले रविलाई एउटा पत्रकारको बर्गमा देख्छन , न रबि आफैनै यो दुषित पत्रकारिकाको बर्गमा आँफुलाई राख्न चाहन्छन । खोई कुन एउटा बरिष्ट भनाउदो पत्रकार बोल्यो उनको पक्षमा ? रिस, डाह र बमनले टाउको फ़ोड्न नसकेका केहि घमण्डी र पार्टीको टटु खाने केहि अविवेकी र मुर्खहरु सोफामा पल्टिएर रविले निसाफ नपाए हुन्थ्यो भनेर दिन गनिरएझैँ लाग्छ मलाई। जनता डराउन थालेका छन् । यो भनेको जनताको न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका र त्यसमा काम गर्ने सयंत्र प्रतिको बिस्वास कम हुदै गएको भन्ने बुझ्न सकिन्छ । यो राज्यका लागि ठुलो चुनौती हो, थाहा छैन राज्यले यसबाट कति पाठ सिकेको छ ।
जनताको रबि लामिछाने प्रतिको यो आन्दोलन भनेको मलाइ लाग्छ सालिकराम पुडासैनी र उसको परिवार र आम जनताले पाउने न्यायको लडाई हो । म चाहान्छु न्यायमुर्तिहरुको निर्णय सहि हुनेछ यद्दी भएन भने घोसखोरी, दलाल, भ्रष्टाचारी, गुण्डागर्दी फेरी गोमन सर्पझैँ फ़णा फुलाउदै अघि बढ्ने छन । दलाल, चाटुकार, पित्त पत्रकार सब सल्बलाउन थाल्नेछन। तर अब त्यो कति पनि सम्भब छैन |
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस