ईख अर्थात बिख

म आङ्गनमा चार पाउ टेकेर
हिड्दै गरेकी छोरिलाई हेर्दै सम्झिन्छु-
माटो र मैलो मेरा मिल्ने मित्र थिए
को पराई, को आफन्त भन्ने थिएन
म सबैको प्यारो थिए ।
मलाई त्यसरिनै चिनजान गराउने
मेरा आमाबुवा अझ प्रिय पात्र थिए।
माया मलाई चारै दिशाबाट आउँथ्यो।
म खुशी थिए- अबोध, निर्दोश मेरि छोरी जस्तै ।
समय बित्त्दै गयो- उमेर बढ्दै गयो
मलाई कसैले इख लिन सिकायो
“ईख नलिने मान्छे काम लाग्दैन-
तैले केही गरिनस भने फलानाले हेप्छ
अनि थाहा पाउछस त्यति बेला”
कसैले मेरो मस्तिष्कमा ईख हाल्दियो
मानौ बिख हाल्दियो।
र मेरो दुनियालाई हेर्ने नजर बद्लियो।
त्यसपछी त स्वयं मैले टेकेको माटोपनि
मेरो सत्रु भयो
मनपरेका मेरा धेरै मान्छे हेर्दा हेर्दै सत्रु भए।
मेरो भलो सोच्ने मान्छे पनि
मेरो कुभलो सोच्नेझै लाग्न थाल्यो ।
अरुको खुशिमा भन्दा बढी
आफ्नै खुशिमा मात्र खुशी हुने रोग लाग्न थाल्यो।
हेर्दाहेर्दै म निरीह र एक्लो भए।
समयको घडी अब उल्टो घुमाउन कहाँ मिल्छ र?
आङ्गनमा खेल्दै गरेकी छोरिलाई हेर्दै सम्झिन्छु-
समाज र परिवार बदल्न, सफलता हात पार्न
हृदयमा ईख अर्थात बिख उमार्ने होईन
माया अर्थात मानवता उमार्ने हो-
छोरिलाई अब यहि सिकाउछु।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस