सिमाना बिबाद

आखिर नक्सा नै त हो
किन लाग्छ
अलिकति सिमाना मिचिदा
यो हृदयमा आगो
प्रतिसोधको, विद्रोहको ?
किन लाग्छ माया
आमाको भन्दा बढि ?
मदिराको नसाले त बरु छोड्छ
तर देशको नक्साको नसा कस्तो ?
यो नसाभरि किन कुद्छ
यो देशको नक्सा ?
किन दुख्छ मुटु
सिमानाका पिलर गायब हुँदा?
सिमाना वारि र पारिका संगै बसेर
रोटि र बेटिका कुरा छोडेर
उत्तर खोज्ने बेला आएको छ
रक्तपात, कलह, बबन्डर, बिद्रोह
हुनु अगाबै !
मैले पढेको छु इतिहासमा-
राष्ट्र र रास्ट्रियताको लागि
जव लड्नु पर्ने र
भिड्नु पर्ने अवस्था आउँछ
सबै भन्दा पहिला नेपाली
सिर उचाली आउँछ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस