शून्य प्रहरको साक्षी

कबि, लेखक, समालोचक, तथा अनुवादक महेश पौड्याल साहित्यकारलाई दिन मिल्ने कुनैपनि उपमाका लागि सुहाउने अहिलेका जल्दा, बल्दा युवा साहित्यकार हुन् भन्ने मैले ठानेको छु । अहिले हालसालै मैले उनको छोटा कविताहरुको संग्रह ‘शुन्य प्रहारको साक्षि’ पढेर सिद्ध्याए । छोटा अनि बुलन्द कविताहरुको यो पातलो संग्रहले बिम्ब, बिचार, र बिस्मयको बिरासत बोकेको मैले पाँए। बालकृष्ण समले भने जस्तो ‘सब्द थुपारिकन के हुन्छ भाव भए पो हुन्छ’ भने झैँ एउटा बलियो भाव र जिजीबिषाले भरिएको जीवन भोगाई, अनुभब र कल्पनासिलताबाट तिखारिएको जीवन दर्शन र ज्ञान यी पौड्यालका साहित्यिक सृजनामा भेटिन्छन । यो संग्रहमा भेटिन्छन । जीवन, खुशी, आँसु, सपना, बिपना, सरद, बसन्त, बतास, एक्लोपन, प्रेम, रिश, रस, करुणा,आवेग, उत्सब, सम्झना, स्मृति जस्ता बिषयदेखि लिएर घाम, जुन, सरिर, सियो, ऐना, पुल, हुँदै पौराणिक पात्रलाई शीर्षक बनाएर लेखिएका अनगन्ती फुटकर कविताहरुको संगालो यो किताबमा जीवन र जगतका साना र ठुला यथार्थ र विस्मयका बिचारहरु बग्रेल्ती भेटिन्छ । कतै व्यंग्य त कतै नियति र जीवनका यथार्थ पक्षहरुको सुन्दर चित्रण भेटिन्छ जुन सब्दमा ब्याख्या गर्न त्यति सजिलो छैन । उनि भन्छन बसन्त शीर्षकमा यसरि :
बसन्त आएर मेरो आँगनमा बास बसेछ,
सुस्ताएछ,
र पुन: आफ्नो बाटो लागेछ ।
चिसो अगेनोमा सपना पकाइरहेका हामीले
थाहै पाएनौ ।
त्यसै गरि बुद्ध हुनु र म हुनु लाई उनि काव्यमा यसरि उतार्छन।
जन्मदा उ र म स साना पृथ्बी थियौ
उसले आफ्नो वरिपरिको पर्खाल भत्काउदै गयो
र बुद्ध भयो
म आफ्ना वरिपरि पर्खाल लगाउदै गएँ
र धुलो भए ।
उनका फुटकर कविताहरु जीवन दर्शनले भरपुर त छन् नै, त्यो संगै हरेक पाठकले ति कवितामा आँफुलाई पनि देख्छन । ‘नोस्टाल्जिक’ हुन्छन । गाउँ सम्झिन्छन । प्रेम सम्झिन्छन । अनि भित्र भित्रै दुख्छन। आँसु खसाल्छन र ‘रिलिफ’ महसुश गर्छन। छोटा कवितामै पौड्याल माहाकाब्य लेखिदिन्छन माहाकाब्यनै नलेखी । उनि पीडाको माहाकाब्य यसरि लेख्छन ।
भोक हुनु
अन्न पनि हुनु
तर भोक र अन्नको दुरी
धर्ति र आकासको जस्तै हुनु
पिडाको एक माहाकाब्य हो ।
हरेक कविताहरुलाई यहाँ उदगार गरेर राख्न पाए हुन्थ्यो झैँ लाग्छ तर यो भन्दा सजिलो उनको कृतिनै किनेर पढ्दाको मज्जा छुट्टै पाइन्छ । यो संग्रहको शीर्षकमा कुनै एउटा कबिता पो छ कि भनेर खोजि हेरे तर त्यो चै मैले पाईन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस