“ए दिल मुझे ऐसि जगह ले चल”

“ए दिल मुझे ऐसि जगह ले चल” हजुरआमाका कथाहरु मद्धेको एक हो। अर्थात मलाई मनपरेका हजुरआमाका धेरै कथाहरुमा यो पनि एक हो। लेखक अमृता लम्सालले त्यो इतिहास बोकेका आमाहरुलाई भेटेर र उनिहरुका जीवन कथा र भोगाई सुनेर यो पुस्तक तयार पार्नु भएको छ। पढ्दै जादा हजुरआमाहरुको ईतिहास एउटा जीउँदो दस्ताबेज भएर अग्लिन्छ र हाम्रो अगाडि त्यो समय, परिभेष चलचित्रको पर्दामाझै उत्रन्छ। कुनै कुनै कथाहरु त फिल्मी शैलिको झै लाग्छ। कसरी बिताए होलान ती समय ती हजुरआमाहरुले भनेझै लाग्छ। बुझ्न सरस र सलिल भाषामा लेखिएको र सबांदमा हजुरआमाहरुको आ-आफ्नो लवजलाई पनि टपक्कै टिपेर राखिएकोले कथाहरु जिवन्त लाग्छ। त्यतिबेलाको समाज, लैङिक विभेद, सामाजिक सोच महिलाका चुनौती के कस्तो रहेछन भनेर त बुझिन्छ्न नै तर यो पुस्तक यो अर्थमा अझ सक्तिशाली छ कि अब आउने पछिल्लो पिडिले ती हजुरआमाहरुको कथा पढेर समाज काँहा रहेछ भनेर बुझ्नेछन। एउटि नारीले शिक्षा पाउँदा समाज कति सभ्य हुँदोरहेछ त्यसैले नारिलाई शिक्षा कति आवस्यक रहेछ भन्ने पनि बुझिन्छ।
लेखिका लम्सालले काठमाडौ केन्द्रित हजुरआमाहरु लाई मात्र नसमेटेर, अझ नेपाल भरिका र कुनाकन्दराका हजुरआमाहरुलाई समेट्ने हो भने र नाम नसुनिएका, साधारण जीवन बिताएका , त्यसमा पनि छुवाछुत र जातपातका कारण उनिहरुले भोग्नु परेका जीवन कथाहरु लिएर बाचेका हजुरआमाहरुको कथालाई समेट्न सके अझ सुनमा सुघन्ध हुने थियो।
यी हजुरआमाका कथाहरु पढेपछी साच्चै मलाई पनि “ए दिल मुझे ऐसि जगह ले चल” भयो । तपाईं पनि यो किताब किनेर पढ्ने कि!
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस