झापड


नेपाली राजनीतिज्ञका अनुहारमा हानिएका  झापडका बारेमा विभिन्न किसिमका चर्चा र परिचर्चा भए । भर्खरै एउटा २२ बर्षे ठिटोले (जो पुर्ब माओबादि लडाकुको छोरा हुन्) आँफुले लाएको जुत्ता नेपाल कम्न्युष्ट पार्टीका अध्यक्ष प्रचण्डतिर झटारो हानेपछि (जुत्ताको झटारो हनाईलाई मैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बिम्बात्मक हिसाबले एकप्रकारको झापडनै मानेको छु) यसले पार्टीका मान्छे र आलोचकमाझ विभिन्न किसिमका क्रिया प्रतिक्रियालाई प्रसय दियो । केहि आलोचकहरुले यो झापड हनाईलाई एउटा गलत अभ्यास भने किनकि उनीहरुका अनुसार जिम्मेवार र जवाफदेही ब्याक्तिले काम बिगारेपनि, रिस र आवेग ब्यक्त गर्ने माध्यम त्यो होईन । उनीहरुले भने जनताका अभिलाषाहरु पुरा भएनन् भन्दैमा त्यसो गर्नु भनेको असभ्य संस्कृति बसाल्नु हो । तर केहि थरीले यो झापड हनाईको प्रसंसा गरे | उनीहरु भन्छन यो मात्रै एउटा सहि हतियार हो नेताहरुलाई सुधार्न प्रयोग गर्ने । खैर जे होस्, सपना मात्र बाँडे, कामभन्दा बढि गफ गरे र जनताका सपनालाई कुल्चिएर आफ्नै मात्र सासन, सत्ता र शक्ति हेरे भन्दैमा त्यसरी हातै हाल्नु सहि नभएता पनि, जनताबाट नेताहरुले पाएको झापड भने एउटा अवसर हुन सक्छ उनीहरुले गल्ति महसुस गर्ने, खाएका बाचा पुरा गर्ने, र आँफुलाई नेतृत्वमा सहि दिशातिर लाने ।

प्रचण्डले खाएको यो बिम्बात्मक झापड बिल्कुलै नया, नौलो र पहिलो चोटि होईन । उनले यस अगाडि २०६९ साल मंगसिर १ गते बागलुङ्गका माओबादि लडाकु पदम कुवंर बाट पनि भृकुटी मण्डपको चिया पाटीमा साच्चिकै झापड खाएका थिए । झापड खाने नेताहरुको सुचिमा प्रचण्ड मात्र होईन अरुको पनि त्यसरीनै नाम आउँछ जस्तो  सुशील कोइराला, रामचन्द्र पौडेल, झलनाथ खनाल आदि इत्यादि । झलनाथ खनाललाई पनि उनकै पार्टिका कार्यकर्ता ५२ बर्षका देवी प्रसाद रेग्मीले सुनसरीको एउटा कार्यक्रममा झापड हानेका थिए । किन झापड हानेको भनेर प्रश्न गर्दा रेग्मीले भनेका थिए राजनैतिक प्रगति नभएको, जनतालाई गरेका बाचाहरु पुरा नभएको र जनताका सपनाका ढाडमा टेकेर नेताहरुले आफ्नो मात्र पेट भरेकोले गर्दा त्यो बिद्रोह र पिडा ब्यक्त गरेको हुँ।

यसरि हेर्दा नेताहरुमाथिको झापड एउटा निरासा र बिद्रोहको बिम्बात्मक अभिव्यक्ति हो जुन नेताहरुकै कारणले उब्जिएको हो ।

जब रेग्मीले खनाललाई झापड हाने, त्यसले आलोचना वा गालि भन्दा बढी तालि कमायो र रेग्मीलाई हिरो बनायो । केहि व्यक्तिले त फेसबुक पेजनै बनाएर रेग्मीको तारिफ गरे । यस्तो लाग्थ्यो रेग्मीले सारा नेपालीको भावना अभिव्यक्त गरे । पछि खनालले समेत त्यसको तारिफ गर्दै (व्यंग्य पनि हुनसक्छ) भने रेग्मीको एक झापडले उनि नेपालको ३४औ प्रधानमन्त्रि हुनपुगे ।

झापड खाने नेपाली नेताहरु मात्रै छैनन । भारतमा समेत आम आदमी पार्टिका नेता अरविन्द केजरिवालले एकजना रिक्सावालाको हातबाट झापड खाएका थिए । ति रिक्सावालाले केजरिवालको घांटीमा माला पहिराईदिने निउमा झापड हानेका थिए ।

उसोभए यो झापड के हो त? नेपाली शब्दसागरका अनुसार झापड अर्थात झापट भनेको “गाला चड्काउने काम, लबटाको हनाई,चड्कन, बेसरी हप्काउने काम, हप्काई, खप्की, झटाई,झपार, झपाराई, छंसाई” हो । यसको बिम्बात्मक बुझाई भने अलिक फरक हुनसक्छ । यसको अर्थ हुनसक्छ जव कोहि आफ्नो लाईन भन्दा पर पुग्छ वा उसले सम्मान, मान र मर्यादा गुमाउँछ भने उसले झापड खान्छ । मैले मेरा बुवाको हातबाट धेरै चोटि झापड खाएको छु भनेको नमान्दा, बोलेको कुरा पुरा नगर्दा, नटेर्दा, अनुसासित भएर नबस्दा र गल्ति गर्दा । मैले मेरा बाउको धेरै चोटि झापड खाएका कारणले धेरै चोटि झापड खाएको सपना पनि देखेको छु । पछि  त्यो सपना मैले मेरी आमालाई बताउँदा मेरी आमाले भन्नु भएको थियो झापड नखाएको सपना देख्न एउटै कुरा गर्नु पर्छ त्यो भनेको बुवाले भनेको मान्ने, पढ्ने र ठुलो मान्छे हुने । त्यसपछि मैले खुरु खुरु त्यहि गर्न थाले र त्यहि कारणले मैले आमाबुवाको सपना पनि पुरा गरे। मेरा बाले मलाई हानेको झापड मलाई निरुत्साहित गर्न थिएन, बरु बुवा र म बिचको सम्बन्ध अझ सुमुधुर पार्न थियो, हामि बिचमा अझ बढि प्रेम मौलाउनलाई थियो ।

झापडको आध्यात्मिक अर्थ पनि हुँदोरहेछ । झापड भनेको सुध्रनु वा सुधार्ने प्रक्रियामा ल्याउनु पनि हो । गलत काम गर्नेहरुलाई सहि बाटोमा ल्याउने र झापड खानबाट जोगाउनु झापडको अर्को अर्थ हो । त्यहि भएर झापड एउटा बोध हो, ज्ञान हो । एक प्राध्यापक एलिशर फ़ेइजुलाभले आफ्नो पुस्तक  “सिम्बोलिक इन्सल्ट इन डिप्लोमेसी: अ सटल गेम अफ डिप्लोमेटिक स्ल्याप” मा के पनि लेखेका छन् भने यो झापड भौतिकनै भए पनि यसले बोकेको अर्थ  प्रतिकारात्मक हुन्छ, भौतिक भन्दा बढि । उनि भन्छन झापडले सम्बन्ध बिगार्नु हुँदैन झापड हान्ने र झापड खाने बिचमा | बरु तिनीहरु बीच सुमुधुर र अर्थपूर्ण सम्बन्ध हुनुपर्छ । झापड सुन्दा रुखो लाखे पनि यसले बोक्ने अर्थ नरम र प्रतिकारात्मक हुन्छ । यसको प्रकृति नरम हुन्छ । प्रतिकारात्मक हिसाबले भन्नु पर्दा त्यो झापड जुन हाम्रा नेताहरुले खाए त्यो उनीहरुले बोलेका र नपुर्याएका बाचाहरुको बोध गराउने झापड हो, उनीहरुलाई सहि मार्गनिर्देश गर्ने झापड हो, एउटा ज्ञान हो, झापड हान्ने र झापड खाने बीचको सम्बन्ध अझ मझबुद बनाउने अवसर हो ।

रोचक त यो छ कि झापडका धेरै फाईदाहरु पनि छन् । यसले छालालाई नया चमक दिन्छ र मुहारमा उज्ज्यालो ल्याउँछ । त्यसै हुनाले होला सायद खनालले उज्ज्यालो अनुहार लाएर भनेका,  ‘रेग्मीको झापडले म प्रधानमन्त्री भए’ | झापड त अहिले अनुहारको मसाज गर्ने एउटा राम्रो टेक्निक पनि हो जसले गर्दा झापड हानेको ठाउँको मांसपेशी सक्रिय हुन्छ, त्यो ठाउँमा रक्तसंचार बढाउँछ र झापड खाने मान्छेको अनुहार झन् भर्खरको देखाउँछ, छालाको गुणलाई र  कोलाजिन तत्वको मात्रालाई  बढाउँछ । आजभोलि हलिउड, बलिवुड र नेपाली सिनेमाहरुमा पनि झापड खाएका धेरै द्र्श्यहरु देख्न सकिन्छ जस्तो “अमेरिकन हसल,” “पुलिसवाली” “छ एकान छ” यस्तै, यस्तै ।

यो झापड जसलाई हामि हिन्दीमा थप्पड भन्छौ । कहिलेकाहीं बुवाआमाले छोराछोरीलाई तर्साउन वा सहि मार्ग निर्देशन गर्न, यदि भनेको मानेन भने, भन्ने गर्नुहुन्छ, “तलाई एक थप्पड हान्देउ?” यो बाक्य आँफैमा यति शक्तिशाली छ कि त्यो सुन्ने बित्तिकै एउटा झड्का लागे जस्तो हुन्छ, साचिक्कै थप्पडको भन्दा पनि ठुलो । त्यो बाक्य प्राय केटाकेटीलाई भनेको नटेर्दा, उनीहरुलाई सहि बाटोमा ल्याउन पनि भनिन्छ भने अरु उमेर समुहमा पनि प्रयोग गरिन्छ सन्दर्भ र अवस्था हेरिकन । यो झापड कहिलेकाहीं यस्तो लाग्छ कि नेपाली समाजलाई सहि दिशामा ल्याउन एउटा झापड चै अनिवार्यनै छ ।

आशा गरौ यो झापडले, प्रतिकारात्मक वा भौतिक, हाम्रा राजिनितीज्ञ हरुको आँखा खुलोस, उनीहरुलाई मार्ग निर्देशन गर्न सकोस, सहि दिशामा लान सकोस, र यो एउटा उनीहरुको लागि बोध र ज्ञान दुवै होस् । र यो झापड हान्ने र खाने बीच बलियो सम्बन्ध भएर अगाडि बढोस ।

Bio: The author is Assistant Professor of English at South Georgia State College, USA. He is also the author of “Sex, Gender, and Disability in Nepal” and “Running from the Dreamland”   


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope