प्लेबोईका लागि पार्टन

भनिन्छ मानिसको उमेर भनेको केवल एउटा नम्बर मात्र हो । खासगरी भन्ने हो भने अमेरिकी गायिका डली पार्टनका लागि भने यो कथन झन् पूर्णरुपले मिल्न आउँछ । आँफु उमेरले ७४ पुगिसक्दा पनि उनि आँफुलाई अझै बयस्क भएकै अनुभूत गर्छिन । उनले फेरी मनोरन्जन पत्रिका प्लेबोईको कभर फोटोको लागि फ़ोटोसट गर्ने भएकी छिन । मनोरन्जन साप्ताहिक पत्रिका ‘इन्टरटेन्मेण्ट’ का अनुसार, उनि भन्छिन उनि भर्खर ७४ बर्षको त लागिन । त्यहि भएर उनि अझै पनि ‘रिटायर’ नहुने बताउछिन । उनको शरीर अझैपनि भर्खरको देखिन्छ भने, उनका स्तनहरू पहिला जस्तै भएको उनि इमान्दार भएर बताउछिन । त्यसरी खुलेर कुरा गर्न हाम्रो नेपाली समाजमा धक हुन्छ भने त्यस्ता समाचारहरु छापिदा प्रकाशन गर्ने मिडिया तथा नेपाली मोडेलहरुले सास्ती खेप्नु पर्ने हुन सक्छ । किनकि नेपाली समाजमा यौन र ब्यस्कताका समाचारहरुलाई अझै पनि ‘बोल्न नहुने’ विषयका रुपमा बुझिन्छ जसलाई अंग्रेजीमा भन्ने हो भने “ट्याबु” भनेर बुझिन्छ ।
डली पार्टनका फेसबुकमा ४१ लाख फलोर छन् भने ट्विटरमा झन्डै ४९ लाख । सन् १९४६ जनवरी १९ मा जन्मेकी पार्टन अमेरिकिन गायिका, गित लेखिका, नायिका, ‘बिजनेस उमन’ को रुपले पनि चिनिन्छिन ।
स्रोत: विभिन्न अन्लाईन मनोरन्जन पत्रपत्रिका र साईटहरु
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस