फेवामा फागु: फिचर फोटो Fagu at Fewa Lake (Photo Feature)

पोखरा, फेवाताल, फागुन २६, 2076 B.S./March 9, 2020
समय समाचार टिम
यसपालिको फागुमा त्यति धेरै मानिसहरु देखिएनन सधैका बर्ष जस्तो । धेरैको अनुमान र राय थियो यो अहिलेको कोरोना भाईरसको कारण र हल्लाले गर्दा धेरै मान्छे सडकमा निस्किएनन फागु खेल्न । त्यहिपनि केहि रौनक भने थियो। पसलहरु प्राय बन्दै थिए । केहि युवा युवतीहरु गित बजाएर होलीको रंग छ्याप्दै नाच्दै थिए । स्थानिय बासिन्दाले भन्दा पनि बिदेसीहरुले अझ रमाइलो गरिरहेको देखिन्थ्यो दृश्य । पोखराको माथि माथि हिमाल देखिने पाहाडी भेगमा समेत केहि भाई बहिनीहरु चटपटे खादै होलि खेल्दै थिए । केहि दृश्यहरु यहाँ राखेका छौ ।

यी अमेरिकी नागरिक भन्छन, “मैले धेरै रमाइलो गरे।”
यी अमेरिकी नागरिकसंगै आएका अरु साथीहरु पनि रहेछन । यी अमेरिकाको बोस्टनमा बस्दारहेछन । दुई हप्ता भईसकेको रहेछ उनि नेपाल आएको । अब अरु दुई हप्ता बसेर उनीहरु स्विजरल्याण्ड जाने रहेछन । “हामीले यहाँ सारै रमाईलो गर्यौ,” उनले भने ।






हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस