भारतकी गायिका कनिका कपुरमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ।
विशेषगरी ‘बेबी डल’ र ‘चिटियाँ कलैयाँ रे’ गीतबाट चिनिने गायिका कपुरलाई शुक्रबार कोरोनाभाइरसको संक्रमण देखिएको इण्डिया टुडेले जनाएको छ।
उनलाई लखनउस्थित किङ जोर्जस् मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको छ।
लन्डनमा रहेकी ४१ वर्षीया कपुर मार्च १५ तारिखका दिन भारत आएकी थिइन्। इण्डिया टुडेका अनुसार उनले भारत फर्केर आफ्ना परिवार तथा साथीभाइलाई पाँच तारे होटलमा पार्टी दिएकी थिइन्।
त्यस पार्टीमा सरकारी कर्मचारी, राजनीतिज्ञलगायत पनि सहभागी भएको जनाइएको छ।
बाकी यो लिन्कमा हेर्नुहोला: https://www.setopati.com/art/bollywood/201952
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com