कोरोनाको कारण कसरि काटिदैछ अमेरिकामा नेपालीको रात-दिन: उनीहरु के भन्छन?


अहिले कोरोनाको कारणले बिस्व आक्रान्त छ । नेपाल देश भित्रैपनि काठमाण्डुबाट आ-आफ्नो गाउँतिर जाने मानिसहरुको संख्या ह्वातै बढेको छ भने विदेशतिरबाट पनि नेपाल भित्रिने नेपालीहरुको संख्या त्यसरीनै बढेको छ । केहिसमयका लागि अन्तराष्ट्रिय उडान बन्द हुने र यौटा जिल्लाबाट अर्को जिल्ला जान रोकलागेको समाचारसंगै धेरै मानिसहरु आत्तिएका पनि छन् । यहि प्रसंगमा समाचार टिमले बिषेसत अमेरिकामा रहेका नेपालीहरुको कस्तो छ दिन चर्या र त्यहाँको बस्तु स्थिति भनेर बुझेको थियो । यहि क्रममा भर्खरै अमेरिकाबाट नेपाल आएका रामचन्द्र के. सी. भन्छन, “मैले नेपाल आउने टिकट अप्रिल २० को काटेको थिए तर कोरोनाको माहामारीसंगै आ-आफ्नो देशले ‘लकडाउन गर्ने समाचार आउन थालेपछि अरु ७ सय डलर थपेर अलिक अगाडि टिकेट बुकिङ्ग गरे तर फेरी नेपालले पनि चैत १० बाट अन्तराष्ट्रिय उडान बन्द गर्ने भनेपछि फेरी त्यहि टिकेटमा अरु १७०० डलर थपेर टिकट काटे र लकडाउन हुनु पहिला म आईपुगे”। उनि अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए । कहिले अमेरिका फर्किने भन्ने अहिले उनको टुंगो छैन ।

Nepali in America: How are they spending their time during the outbreak of Covid-19?

त्यसैगरि अमेरिकाको न्यु-ह्य्मप्सायर राज्यमा दुई बर्ष देखि बस्दै आएका अर्का कैलाश चापागाईं भन्छन, कोरोनाको कारण सबै काम ठप्प छ । म त अहिले घरै बस्ने, न्युज हेर्ने, सानी छोरिसंग बसेर खेल्ने, यसरीनै दिन काट्दैछु।’
अर्का पेन्सल्भानियमा बस्दै आएका दिवस अधिकारी भन्छन, “हामिसबैलाई घरै बसेर काम गर्नु भनेको छ । तर केहि दिन रमाइलो जस्तो भएपनि बोर हुँदोरहेछ । काममा हुँदा साथिभाइ हुन्थे, ब्रेक रमाइलो हुन्थ्यो, तर कति दिन घर बस्ने?” उनि भन्छन, “खासगरी हामि जस्तो युवापिडी जो साथीभाईसंग हिडडुल गर्न मनपराउछन् । खोई के भन्ने मेरो त बिजोग छ । ढिलो उठ्छु, कफी पिउछु, झ्यालबाट बाहिर हेर्छु, कम्प्युटरमा बस्छु । यसरीनै बित्छ मेरो दिन चर्या।”


त्यसैगरी न्युह्याम्प्सायरमै बस्दै आएका कुमार भट्टराई भने कोरोनाको कारण जिम जान नपाएकोमा दुख ब्यक्त गर्छन । उनि भन्छन, “बल्लतल्ल जिमजान बानि परेको थियो ज्यान बन्दै थियो अचानक कोरोनाले घरमै बस्ने बनायो ।” अहिले घरमै बस्ने, छोरो संग खेल्ने, परिवारलाई समय दिने गर्छन उनि । उनि भन्छन, “हुन् त हामी सबै डराएका छौ । हात भने २०-२० मिनेटमा साबुन पानीले धुने गर्छौ।”
अमेरिकाको अवस्थाको बारेमा चित्रण गर्दै प्रबेस ढुङ्गाना बताउछन, “अहिलेको अवस्था एकदमै त्रास,भयाभय , दयानिय छ । ऊपभोग्य सामानको अभाव , पसल , रेस्टोरेंटहरू केही समयको लागि बन्द भएको अवस्था छ । व्यापार, बिज़नेस ‘स्लो’ भएकोले कामबाट ‘ले-अफ’ धेरैले पाईसकेका छन । कतिपय अफिसहरू बन्द भईसकेका छन, बेरोज़गारी बडेको छ । ईकोनोमी ‘डाऊन’ छन, ब्यापर घाटामा छ । जन्ताहरू चिन्तित छन अनि परिवार आफन्त, साथिभाई संग को भेटघाट बन्द भएको छ , सडक राजमार्गहरू खालि खालि देखिन्छन । प्राय मानिसहरू घरै बसेर सावधानी अपनाईरहेको अवस्था छ । विश्वमै बैज्ञानिक डाक्टरहरु औषधी पत्ता लगाऊन दिनरात लागिपरीरहेका छन र सारा जनताहरु औषधी पत्ता लागोस र भाईरसको अन्तय होस भनेर प्राथना गरिरहेको छन ।” दस बर्षदेखि अमेरिका बस्दै आएका चण्डिका आचार्य भन्छन, ‘घरै बसेको छु, खोई के भन्ने तपाईलाई नै सबै थाहा छदै छ नि!”


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope