पराजुलिले ल्याए ओंठवाली गजल


बजारमा अग्नि पराजुलीको यो दोस्रो सांगेतिक कोसेली र पहिलो गज़ल भिडियो आएको छ। संगीतकार गुरु चण्डी काफ्ले , एरेन्जर शाहस शाक्य र गायक राज सिक्देल को आवाजमा रहेको यो ‘ओंठवाली’ गीतमा प्रेम र रोमान्सलाई प्रभाबकारी ढंगले देखाउन खोजिएको छ ।
आफ्नो प्रेमिका, वा चाहेको प्रेमिका वा पत्नीबाट टाढा रहेका युवा साथिहरुलाई परिवारको सम्झना कति हुन्छ, रातहरु काट्न कति गार्हो हुन्छ भन्ने कुराको भावलाई यो भिडयो मार्फत देखाउन खोजिएको छ भने यो म्युजिक भिडयोले दिने मनोरंजन पनि कम महत्वपुर्ण छैन । यो गीतका गीतकार अर्जुन पराजुली भन्छन, “आफ्नो परिवारलाई सुन्दर बनाउन विदेशमा गएर दुख गर्ने र आफ्नो श्रीमतीलाई राम्रो लुगा कपडा लगाएर सहर लैजाने धेरै युवाहरुको इच्छा र चाहनालाई यो गीतमा समेटिएको छ ।”
पराजुली भन्छन, “कहिले कहिँ घरमा भएर पनि पुरुषको दुखलाई वास्ता नगरी फजुल खर्च गर्ने केहि नारिहरु को चरित्र र सामाजिक विसंगतिको सानो उद्धारण समेत गीतका शब्द मार्फत भिडियोमा समाबेश गरिएको छ।”
कलाकार दुर्गेस थापा र सोनीका रोकायाले आफ्नो अभिनयलाई बढो शालीन शैलीमा प्रस्तुत गरेका छन् भने कोरस समुहले गीतलाई जिबन्त राख्न ठुलो भूमिका खेलेको छ ।
“बिस्व को कुनै पनि कुनामा रहेको नेपालीसम्म यो गीत पुगोस र यो गीत भिडियोलाई हेरी लाइक, सेयर, र सब्स्क्राईब गरिदिनु हुन सबै लाई अनुरोध गर्दछौ,” पराजुली भन्छन ।

हेर्नोस यो ‘ओंठवाली’ म्युजिक भिड्यो :


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope