अमेरिकामा ५ जना नेपालीमा कोरोना :नागरिक न्युज


अमेरिका- अमेरिकाको न्यूयोर्क, भर्जिनिया र टेक्सासमा गरी पाँच जना नेपालीमा कोरोना भाईरस संक्रमण देखिएको छ। संक्रमण देखिएका परिवारका सदस्यमा पनि कोरोनाको लक्षण देखिएकोले घरमा नै बसी उपचार गरिहेको बताइएको छ। न्युयोर्कको ज्याक्सन हाइटमा बस्ने एकजना ४७ , ५० र अर्का ५५ बर्षका नेपालीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।

त्यसैगरी भर्जिनियाको फयर फक्स बस्दै आएकी एकजना ३८ बर्षकी नेपाली महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। दुईदिन अगाडि आएको रिपोर्टमा कोरोनाको संक्रमण पुष्टी भएको बताइएको छ। उता टेक्सासमा पनि एक जनालाई कोरोनाको आशंका गरिएको छ। स्थानीयहरुले बताए अनुसार कोरोनाको संक्रमणको आशंकामा उपचार प्रक्रिया चलिरहेको छ। न्युयोर्कको ज्याक्सन हाइटको सत्यनारायण मन्दिर नजिकै बस्दै आएका ती व्यक्तिलाई तीन दिन अघि कोरोना संक्रमण भएको हो भने अर्का एक जनालाई सोमबार मात्र पुष्टि भएको हो। अर्का एक व्यक्ति न्यूयोर्ककै म्यानहटनमा काम गर्दै आएका व्यक्ति हुन। उनले झण्डै एकसाता अगाडिमात्र काम छाडेर जाँच गरिएको बताइएको छ।

ज्याक्सनहाइटको ७० स्ट्रीटमा बस्ने र ९० स्ट्रीटमा बस्ने २ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएर ती दुबै जनालाई एल्महस्र्ट अस्पतालमा भेन्टिलेरमा राखिएको बताइएको छ। संक्रमणका रहेका परिवारका सदस्यहरुलाई भने अवस्था सामान्य रहेकाले चिकित्सकहरुले घरमा नै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन्। संक्रमणमा परेका व्यक्तिहरुको परिवारका सदस्यहरुलाई पनि घरमै बसी अब्जरभेसनमा राखिएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope