काठमाडौं महानगरको अपील- बाहिर ननिस्कनुस्, कोरोनाको शंका भए फोन गर्नुस्: अनलाईन खबर


११ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘लकडाउन’को अवधिभर बाहिर ननिस्कन महानगरवासीमा अपिल गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले लकडाउन विधि अपनाएको भन्दै यसलाई सफल बनाउन महानगरले अपील गरेको हो ।

‘कोरोना भाइरसको प्राणघातक महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ-आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु,’ मेयर विद्यासुन्दर शाक्यको अपीलमा भनिएको छ ।

महानगरले सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गर्न सम्बद्ध व्यवसायीहरूलाई समेत अनुरोध गरेको छ ।

महानगरले कसैलाई कोरोनाको शंका लागे तत्कालै फोन गर्न समेत भनेको छ । कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको भन्दै महानगरले यस्तो आग्रह गरेको छ ।

महानगरको टोल फ्रि नम्बर ११८० लाई २४  घण्टा नै सञ्चालनमा ल्याइएको र कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाइएको महानगरले बताएको छ ।

लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सक्ने भन्दै महानगरले मेयर, उपमेयर तथा वडाध्यक्षहरुको मोवाइलमा सम्पर्क गर्न आग्रह गरेको छ ।

जनप्रतिनिधिको सम्पर्क नम्बर 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope