चीनले कोरोना भाइरसको उपचार र परीक्षणका लागि चाहिने सामग्रीहरू नेपाललाई दिने भएको छ।
उपचार र परीक्षणका लागि चाहिने सामग्रीहरू चीनबाट ल्याउन तयार भइरहेको छ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले के-के सामग्री, कसरी ल्याउने भन्नेबारे दुई देशका अधिकारीहरूबी छलफल भइरहेको सेतोपाटीलाई बताए।
‘हामी कुरा गरिरहेका छौं। कसरी ल्याउने भन्ने टुंगो लाग्न बाँकी छ,’ मन्त्री ज्ञवालीले भने,’एक-दुई दिनमै ती सामग्री ल्याउने गरी तयारी भइरहेको छ।’
यसअघि चीनले नेपाललाई कोरोनाविरूद्ध लड्न के-के सामग्री चाहिन्छ भनेर सोधेको थियो।
‘नेपालमा चाहिने सामग्रीको लिस्ट चिकित्सकसँग सल्लाह गरेर पठाएका छौं,’ ज्ञवालीले भने।
काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले पनि नेपालमा मेडिकल सामग्रीहरू ल्याउन तयारी भइरहेको बताएकी छन्।
सोमबार साँझ ट्वीट गर्दै यान्छीले भनेकी छन्-हामी नेपालका लागि प्रार्थना गर्दैछौं। हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं। हामी साथमा छौं!
यसअघि चिनियाँ कम्पनी अलिबाबाका संस्थापक तथा एसियाकै धनी व्यक्ति ज्याक माले पनि नेपाललगायत दक्षिण एसियाली मुलुकलाई मेडिकल सामग्री सहयोग गर्ने बताएका थिए।
यसैबीच कोरोनाको उपचारका लागि भारतले पनि नेपालमा र्यापिड रेन्सपोन्स टिम पठाउने वचन दिएको छ।
‘उहाँहरूले परेको बेला हामी त्यस्तो टोली पठाउन तयार छौं भन्नुभएको छ,’ परराष्ट्र मन्त्री ज्ञवालीले भने,’तर अहिलेको अवस्थामा हामीसँग एउटा मात्र बिरामी छन् र ती हामी आफैं उपचार गर्नसक्छौं।’
Source: https://www.setopati.com/politics/202226
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com