कोरोनाबाट अमेरिकाबासी नेपालीको मृत्यु

काठमाडौं : अमेरिकामा बस्दै आएका एकजना नेपालीको नोभल कोरोना भाइरसका कारण मृत्यु भएको छ। कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका पुर्ख्यौली घर पाँचथर भएका रमेश (लीला) सम्वाहाङ्फेको मंगलबार मृत्यु भएको हो। पाँचथरको रानी गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्युयोर्क बस्दै आएका थिए। उनले अमेरिकामा रहेर होटल तथा ट्याक्सी व्यवसाय सञ्चालन गरिरहेका थिए। साविक रानीगाउँ-४ निवासी उनको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण निधन भएको जानकारी उनकी भतिजी अमृता लिम्बूले दिएकी छन्। ‘उहाँले मलाई १५ तारिखमा कोरोना भाइरसबाट जोगिने उपायसम्बन्धी भिडियो पठाउनुभएको रहेछ’, उनले थाहाखबरसँग भनिन्, ‘मैले जवाफ फर्काएकी थिइनँ। कोरोना भाइरसकै कारण उहाँको निधन भएको सुन्नुपर्यो।’ सम्वाहाङ्फेको कोरोना भाइरसकै कारण निधन भएको खबर प्राप्त भएको जानकारी रानीगाउँ उपत्यका मिलन समाज परिवारका सचिव विन्देश्वर खनालले पनि दिएका छन्। सम्वाहाङ्फे परिवारसहित अमेरिकामा बसेर व्यवसायमा संलग्न थिए। उनकी श्रीमती र दुई छोरा पनि अमेरिकामै रहेका छन्।
Read more at: https://thahakhabar.com/news/94271
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस