डलरको भाउ ह्वात्तै बढ्यो

११ चैत, काठमाडौं । अमेरिकी डलरको मूल्य एक दिनमा करिब २ रुपैयाँले बढेको छ । मंगलबार एक डरको खरिद दर १ सय २२ रुपैयाँ ३४ पैसा पुगेको छ । सोमबार एक अमेरिकी डलर खरिद गर्न १ सय २० रुपैयाँ ६० पैसा खर्चिनु पर्ने थियो ।
योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले डलरको तुलनामा भारु कमजोर हुँदा नेपाली मुद्रा पनि स्वतः कमजोर हुने गरेको छ ।
अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरु बताउँछन् । डलरको भाउ बढेलगत्तै विदेशी सामानहरू नेपालीका निम्ति महँगो हुन पुग्छन् ।
नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ । तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्नसक्ने विज्ञहरु बताउँछन् ।
अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पनि यसले फाइदा पुग्ने हुन्छ । कैयौंले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ ।
अहिले डरलको भाउ महंगिनुको मुख्य कारण भने कोरोना त्रास नै हो । कोरोना भाइरसको त्रास विश्वव्यापी हुँदै जादा लगानीकर्ताको रोजाईमा डलर परेको छ । यसका कारण डलरको माग बढेर भाउ महंगिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।
Source: Copy from Online Khabar- https://www.onlinekhabar.com/2020/03/847100
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस