पोर्चुगलबाट फर्केका नेपालीलाई कोरोना संक्रमणको आशंका: जनबोली

काठमाडौं । फ्रान्सबाट चैत ४ गते कतार हुँदै नेपाल आएकी एक नेपाली युवतीलाई कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्यको खोजि सुरु भएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएकी युवतीसँगै हवाई यात्रा गरेका गोरखाका युवकको स्वास्थ्य परीक्षण र निगरानी सुरु थालिएको छ ।
सरकारी अधिकारीहरुका अनुसार गोरखाको भिमसेन थापा गाउँपालिका ४ को धावा घर भएका ती युवक कतार एयरवेजको जहाजबाट गएको चैत ४ गते नेपाल आएका थिए । त्यही जहाजमा यात्रा गरेकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको सङ्क्रमण भएपछि उनका आफन्त लगायत उक्त जहाजमा यात्रा गरेका नेपालीहरुको खोजि थालिएको छ ।
युवतीसँगै यात्रा गरेका युवकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली उनको घरमा पुगेको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य संयोजक भेषराज खनालले बताउनुभयो । ती युवक रोजगारीका लागि पोर्चुगलमा गएका थिए । उनी दोहा हुँदै नेपाल फर्किएका हुन् । साथै कोरोना भाइरसको संक्रमण देखिएकी युवतीको अवस्था सामान्य रहेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस