‘लक डाउन’पछि प्रधानमन्त्री कार्यालयमा कोरोना उच्चस्तरीय समितिको बैठक जारी

काठमाडौ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको छ । बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा विश्लेषण भइरहेको बताइएको छ ।
बैठकमा सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा अहिले अवलम्बन गरेका नीति र आगामी दिनमा अपनाउनुपर्ने सजगताका विषयमा छलफल भइरहेको उपप्रधान एव् रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेलका प्रेस सल्लाहकार लोकेन्द्र केसीले जानकारी दिए । बैठकमा गृहमन्त्री, उद्योगबाणिज्य तथा आपूर्ति मन्त्री, पर्यटनमन्त्री लगायत सुरक्षा प्रमुखहरु समेत सहभागी रहेका छन् ।
Source: https://ratopati.com/story/123129/2020/3/24/Corona-High-Level-Committee-Meeting
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस