कोरानाको बिषयलाई लिएर गगनले कोरे प्रधानमन्त्रीलाई पत्र


नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेर कोरोना महासंकटसँग जुध्ने सरकारको तयारी फितलो भएको बताएका छन्।

कोरोना संक्रमण विरूद्धको लडाइँमा हरपल प्रधानमन्त्रीको साथमा आफू रहेको उल्लेख गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले अहिलेकै तयारीले कोरोना महासंकटसँध जुध्न पर्याप्त नहुने बताएका हुन्।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा थापाले सरकारले अहिलेसम्म गरेका कामको प्रशंसा गर्दै थप कामहरू गर्नुपर्ने सुझाव पनि राखेका छन्।

‘हामीले जे गरिरहेका छौं पर्याप्त छैन। जसरी गरिरहेका छौं, यही तरिकाले यो महासंकटबाट पार पाउन सकिन्न,’ थापाले भनेका छन्, ‘हामीले तत्कालै गर्नुपर्ने केही विषयमा प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु।’

हवाइ र स्थलमार्गबाट नेपाल भित्रिएका नेपालीहरू कहाँ छन् भन्ने एकिन विवरण संकलन गर्न ढिलाइ गर्न नहुने थापाको भनाइ छ।

‘संक्रमितको निकट सम्पर्कमा आएका सबैलाई ट्रेस गरी क्वारेन्टाइनमा राख्नुपर्छ,’ थापाको सुझाव छ।

उनले परीक्षणको दायरा बृद्धि गर्न माग गरेका छन्। ‘परीक्षणको दायरा बढाऔं,’ थापाको भनाइ छ, ‘जनशक्ति, किट र उपकरण व्यवस्था गरौं। ढिला नगरौं।’

जति धेरै परीक्षण गर्‍यो उति संक्रमण भएका व्यक्ति भेटिन सक्ने अवस्था हुने भएकोले व्यवस्थापन राम्रोसँग गरिनुपर्ने उनले बताए। ‘परीक्षणको दायरालाई फराकिलो बनाऔं यसले गर्दा नेगेटिभ देखियो भने खुसीको कुरा भइगो, पोजेटिभ देखियो भने तत्कालै उपचार थालौ,’ उनले भनेका छन्।

उनले शंकास्पद संक्रमित खोज्न सरकारले रणनीति तयार पार्नुपर्ने सुझाव दिएका छन्। ‘फ्रि क्लनिक, आइसोलेसन वार्ड, कोरोना अस्पताल स्थापनादेखि तोकिएका अस्पतालमा आइसियुको विस्तार गरिहाल्न जरूरी छ,’ थापाले भनेका छन्।

अस्पतालहरूमा अत्यावश्यक सेवा प्रभावित भएको र विरामीको सेवासमेत प्रभावित हुन गएकोले त्यसो हुन नदिन व्यवस्था राम्रो गरिनुपर्ने बताएका छन्।

स्थानीय र प्रदेश सरकारसँग केन्द्र सरकारको समन्वय अभाव खड्किरहेको भन्दै थापाले तत्कालै समन्वय गरी काम गर्ने वातावरण पनि निर्माण गर्न आग्रह गरेका छन्। (साभार: सेतोपाटि)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope