रुसमा भुकम्प

१२ चैत्र २०७६, बुधबार ००:३१

रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।

रसिया टुडेले दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ।

भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।

सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ। (सेतोपाटी बाट साभार)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.