चैत १३, २०७६ एजेन्सी : कोभिड-१९ को इपिसेन्टर इटालीमा बिहीबारसम्म सात हजार पाँच सय तीन पुगेको छ। यहाँ एकै दिन बुधबार ६८३ जनाले ज्यान गुमाएका छन्। इटाली सरकारले आफ्नो सारा शक्ति लगाउँदा पनि कोरोना भाइरसबाट ज्यान जानेको संख्या तीव्र गतिमा बढिरहेको छ। इटालीमा मर्नेको संख्या चीनको भन्दा दोब्बर धेरैको आँकडा नाघि सकेको छ। छिमेकी देश स्पेनमै चीनमा भन्दा एक हजार धेरै मानिसले ज्यान गुमाइसकेका छन्। इटालीमा एकै दिन कोरोना भाइरसबाट ६८३ मानिसको ज्यान गएको छ। यहाँ मृतकको संख्या ७५ सय ३ पुगिसकेको छ। इटालीमा संक्रमित बिरामीको आँकडा ७४ हजार ३८६ पुगेको छ। इटालीमा ९ मार्चदेखि सुरु भएको लकडाउन ३ अप्रिलमा सकिँदैछ। यस्तोमा यहाँको सरकारले कोरोना रोक्ने हरसम्भव प्रयास जारी राखेको छ। तर उसका सबै प्रयासले फेल खाइरहेका छन्। यस्तोमा इटाली सरकारले कोरोना भाइरसलाई लिएर लापरवाही गर्नेविरुद्ध कडाइकासाथ प्रस्तुत हुने जानकारी दिएको छ। त्यहाँको सरकारले कोरोना भाइरससँग जुध्न अति कडा शर्तसहितको नयाँ निर्देशिका नै जारी गरेको छ। यसमा होम क्वारेन्टाइनबाट बाहिर निस्किनेलाई जेल हालिने व्यवस्ता छ। क्वारेन्टाइन उलंघन गरेर सडकमा निस्किनेलाई जरिवानासँगै पाँच वर्ष जेल सजाय हुने भएको छ। इटालीको अवस्था काबुभन्दा बाहिर गएपछि चीनबाट पनि त्यहाँ स्वास्थ्यकर्मी पुगेका छन्। इटालीमा उपचारमा संलग्न करिब २० जना डाक्टर र नर्सले नै ज्यान गुमाइसकेका छन्। यो संकटकाबीच त्यहाँका सर्वसाधरणले नर्स र डाक्टरसहितका स्वास्थ्यर्कमीलाई ताली बजाएर धन्यवाद दिएका छन्। (साभार: थाहा खबर)
Read more at: https://thahakhabar.com/news/94444
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com