हामीले बारम्बार छुने कुन कुन बस्तुहरुमा कति समय जीवित रहन्छ कोरोना भाइरस?


कोभिड–१९ को कारक कोरोना भाइरस संक्रमणले हाल विश्वव्यापी महामारीको रुप लिएको छ । विश्वभर अहिलेसम्म चार लाख २४ हजार भन्दा बढी संक्रमित भएका छन् र मृत्यु हुनेको संख्या १८ हजार ९३१ भन्दा बढी पुगेको छ ।

मुख्यतः कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने गर्छ । कुनै संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा उनीहरुको शरीरबाट निस्कने कफ वा ओसिला छिटाहरुमा भाइरसहरु हुन्छन् ।

नजिकै रहेको स्वस्थ्य व्यक्तिले सास फेर्दा ती भाइरसयुक्त छिटाहरु शरीर भित्र जाने सम्भावना हुन्छ । यस्तै भाइरस रहेको सटह वा बस्तु छोएको हातले मुख, नाक वा आँखा छोएमा पनि संक्रमण फैलिन्छ ।

कोरोना भाइरस दैनिक काम गरिने सतहहरु (किचन स्ल्याबसहित), ढोकाको ह्याण्डल जस्ता स्थानमा घण्टौँसम्म जीवित रहन्छन् । भाइरस कति समयसम्म जीवित रहन्छ भन्ने ती बस्तु वा सतहको माथिल्लो भाग कुन सामग्रीले बनेको छ भन्ने कुराले निर्धारण गर्छ ।

कोभिड–१९ को कारण नोवेल कोरोना भाइरस नयाँ भएकाले यसका बारेमा धेरै कुरा अनुसन्धान हुनै बाँकी छ । तर कोरोना समूहका अरु भाइरससँग यसको जीवनकाल मिल्ने अनुमान वैज्ञानिकले गरेका छन् ।

कोरोना समूहका अरु भाइरसको अध्ययन र अहिलेसम्म नोवेल कोरोना भाइरसका भएका अनुसन्धान अनुसार यसको आयुबारे केही जानकारी भने भएको छ ।

कोभिड–१९ को कारक नोवेल कोरोना भाइरस हामीले दैनिक रुपमा छुने विभिन्न बस्तुमा कति समय जीवित रहन्छ त जानकारी लिउँ, तर यो नै अन्तिम तथ्य भने नहुन पनि सक्छ किनकी यसका सम्बन्धमा अझै अनुसन्धान भइरहेका छन् ।

मेटल (धातु)

उदहारणः लागि ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडा
भाइरसको आयुः पाँच दिन

काठ

उदहारणः फर्निचर, सजावटका सामग्री
भाइरसको आयुः चार दिन

प्लास्टिक

उदहारणः बसका सिट, एलिभेटरको बटन, प्लाष्टिक झोला, प्लास्टिक बोटल
भाइरसको आयुः दुईदेखि तीन दिन

स्टीनलेस स्टिल

उदहारणः रेफ्रिजिरेटर, भाँडा, किचन बेसिन
भाइरसको आयुः दुईदेखि तीन दिन

कार्डबोर्ड

उदहारणः सिपिङ्ग बक्स
भाइरसको आयुः २४ घण्टा

कप्पर (तामा)

उदहारणः तामाका भाँडा, पूजा सामान, पानी खाने जग
भाइरसको आयुः चार घण्टा

आल्मुनियम

उदहारणः आल्मुनियमका झ्याल ढोका, भाँडा, बोटल
भाइरसको आयुः दुईदेखि ८ घण्टा

सिसा

उदहारणः गिलास, बोटल, कचौरा, मग
भाइरसको आयुः पाँच दिनसम्म

सेरामिक (माटोका सामग्री)

उदहारणः प्लेट, मग, कचौरा, गमला
भाइरसको आयुः पाँच दिन

कागज

कागजमा कोरोना भाइरसका केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् भने केही अर भने पाँच दिनसम्म जीवित रहन्छन् ।

खाना

कोरोना भाइरस अहिलेसम्म खानामा पाइएको छैन । तर कुनै पनि फलफुल खानु पूर्व वा तरकारी पकाउनु पूर्व राम्रोसँग पखाल्नु उपयुक्त हुन्छ ।

पानी

कोरोना भाइरस पिउने पानीमा पाइँदैन ।

(यो सामग्री वेबएमडीको सहयोगमा तयार पारिएको हो।) (साभार: देशसंचार)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope