अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २६ नील ४० खर्ब बराबरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर


चैत १५, २०७६ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन्‌। विश्वव्यापी महामारी निम्ताएको कोरोना (कोभिड-१९) भाइरसका कारण अर्थतन्त्र र जनजीवन तहसनहस हुन लागेपछि राष्ट्रपति ट्रम्पले २६ नील ४० खर्ब (२.२ ट्रिलियन अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज ल्याएका हुन्‌। अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभका सदस्यहरूले ट्रम्पद्वारा प्रस्तावित सो राहत प्याकेजसम्बन्धी विद्येयकलाई पारित गरिसकेका छन्‌। विद्येयक पारित भएसँगै अब वार्षिक कूल ७५ हजार अमेरिकी डलर कमाउने मानिसलाई सरकारले सोझै १२ सय डलर दिनेछ। १ लाख ५० हजार डलरभन्दा बढी कमाउने गरेका विवाहित व्यक्तिले २४ सय डलर पाउनेछन्‌। बच्चाका लागि थप पाँचसय डलर दिइनेछ।  कोरोना संक्रमण रोकथाम र निदानका लागि कडा कोशिसमा जुटिरहेका अस्पतालहरूले पनि अर्बौै डलर पाउने भएका छन्‌। राज्यतह र स्थानीय सरकारहरूलाई पनि कोरोना नियन्त्रण र रोकथाम एवम्‌ अर्थतन्त्र सुधारका लागि यो सहायता प्रवाह गरिनेछ।  कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म १,६९५ जनाको ज्यान गइसकेको छ भने १,०४,१४२ जनामा संक्रमण भइसकेको छ। संक्रमितको संख्या बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अमेरिका संक्रमणको नयाँ केन्द्रविन्दु बन्‍नसक्‍ने चेतावनी दिएको छ। पछिल्लो केही दिनयता अमेरिकामा कोरोना संक्रमणको मामिला नाटकीय रूपमा वृद्धि भइरहेको छ। (साभार: साभार: थाहा खबर)

I just signed the CARES Act, the single biggest economic relief package in American History – twice as large as any relief bill ever enacted. At $2.2 Trillion Dollars, this bill will deliver urgently-needed relief for our nation’s families, workers, and businesses. #CARESAct
Flag of United States



Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope