पोखरा, चैत १४
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीसंगको छलफल पछि ति रेष्टुरेण्टहरु खुलाइने निर्णय भएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।
अम्मटस्थित माउण्ट कैलाश रिसोर्ट, बाराही चोकमा रहेको मुनडान्स रेष्टुरेण्ट, गौरिघाटको होटल ग्लासिएर, सेण्टर प्वाइन्टको सम्राट तन्दुरी, अम्मटस्थित ग्रेट वाल रेष्टुरेण्ट तथा विरौटास्थित ड्याडिज किचनबाट पर्यटकलाई सेवा दिइने भुजेलले बताए ।

ग्रेटवाल चाइनिज खाना, सम्राट तन्दुरीले इण्डियन तथा बाँकि रेष्टुरेण्टहरुमा सबैखाले खानाका परिकार पाइनेछ । यि रेष्टुरेण्टहरुले कोरोना संक्रमणबाट जोगिने गरि मास्क, स्यानिटाइजर तथा अन्य सतर्कता अपनाउँदै ग्राहकहरुलाई सेवा दिने रेवान पोखराले जनाएको छ । कोरोनाको कारण लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका छिटफुट पर्यटक अफ्ट्यारोमा परेका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com