कोरोनाले गर्दा दुनियाले हेरे “कन्ट्याजियन” फिलीम: हेर्नोस पुरै फिलीम


कोरोना भाईरससंगै सबै भन्दा बढि डाउनलोड गरेर वा अनलाईन हेरिएको चलचित्रमध्धे एक हो “कन्ट्याजियान ” अर्थात “Contagion “। जसको नेपालीमा अर्थ हुन्छ “सरुवा”। हुन् त कोरोना भाईरसको माहामारिले उब्ज्याएको डर भनेकै यो रोग एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्ने हो । सायद यहि कारण पनि हुनसक्छ यो चलचित्र चर्चामा आउनु र धेरै मानिसहरुले हेर्नु ।

सन् २०११ मा रिलिज भएको यो चलचित्रका निर्देशक स्टेफन सोडरबर्ग हुन् भने कथा स्कट जे बर्न्सको हो । कथाले एउटा काल्पनिक रोगको बारेमा बताउँछ जसको कारण संसारमा झन्डै तिन करोड मानिसहरु मर्छन । अहिले यो चलचित्र ह्यारिपोटर पछाडिको चर्चित हुन् आएको कुरा फिल्म वितरक वार्नर ब्रोज बताउँछन् । तुलना गर्ने हो भने कोरोना भाईरस माहामारी भएर फैलिनु अगाडि सन् २०१९ मा यो चलचित्र नाम चलेका चलचित्र मध्धे २७०औ र्याङ्कमा थियो । जब कोरोना भाइरसको माहामारीसंगै, घरमा सेल्फ आईसोलेसनमा बस्न भनेर संसारका विभिन्न देशहरुमा उर्दी जारि गरिन थाल्यो, यो फिलीम हेर्ने मानिसहरुको संख्या ह्वात्तै बढ्यो ।
यो फिलीममा खेल्ने कलाकार हरु म्याट ड्यामोन, ग्वानेथ पाल्ट्रो, जुडी ल, लरेन्स फ़िस्बर्न, केट विन्सेल्ट लगायत छन् । तपाईपनि यो फिलीम घरमै बसेर हेर्न सक्नु हुन्छ ।

Contagion—A Coronavirus Movie

स्रोत: विभिन्न अनलाईन सामाग्रीहरु


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope