टेरा रिडले लगाईन भुतपुर्ब अमेरिकी उपराष्ट्रपति बाईडनलाई यौन हिँसाको आरोप

सिनेटमा हुँदा जोन बाईडनका लागि काम गरेकी टेरा रिडले जोन बाईडनबाट आँफुमा यौन हिँसा भएको बताएकी छन् । त्यो संगै उनले अब बाईडेन कुनै शक्तिशाली ब्याक्ति हो भनेर नडराई आँफु माथि भएको यौन हिँसाको बारेमा खुलेर बताउने भएकी छन । बिगतमा बाईडेनले आँफुमाथी यौनजन्य हिँसा गरेको र त्यो ब्यबहारले आँफुलाई कसरि असहज महसुश गराएको टेराले बताएकी छन् । ३० बर्ष अघिको बाईडेनको ब्यबहारबाट आँफु अझै पनि प्रदाडित भएको उनि बताउछिन । उनका अनुसार कुरो सन् १९९३ तिरको हो बाईडनले उनको घांटीतिर हात लगेर मुसारेको र आँफुले अफ़्टेरो महसुश गरेपछि ‘तिमी त मलाई मन पराउन्थ्यौ होईन र?’ भनेको उनि अझै सम्झिन्छिन । तर बाईडन र उनको पक्षमा काम गर्दै आएका व्यक्तिहरुले भने त्यो कुरालाई मानेका छैनन ।
बाईडेन अहिले आउँदो अमेरिकी राष्ट्रपतिको चुनाब २०२० का लागि लडिरहेका छन् भने उनले ओबामा अमेरिकाको राष्ट्रपति हुँदा उपरास्ट्रपति भएर काम पनि गरेका थिए ।
हेर्नोस कसरि आरोप लगाईन भिड्योमा:
स्रोतहरु: Newsweek and other online sources and YouTube
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस