पिउने पानीको अभाब हुँदा कोरोनाको जोखिममा कास्किकोट

पदम श्रेष्ठ । पोखरा
पोखरा महानगरपालिका २४ कास्कीकोट कोरोना (कोभिड–१९) को उच्च जोखिममा रहेको छ। देश ५ दिन देखि लकडाउन को अवस्थामा छ। यस्तो अवस्थामा कुनै १ जनामा मात्र कोरोना (कोभिड–१९) को संक्रमण भएमा सिंगो गाउँलाई नै असर पार्ने देखिएको छ।
बोरिङको खानेपानी करिब ५–६ दिनबाट विग्रदा वडा नं. २४ का स्थानीयले खानेपानीको जोहो गर्न स्माली चर्तुघाटको पुरानो पँधेरो, रोटे लगायत काली पँधेरोमामा पानी लिन जानु परेको छ।
करिब २०० घरको धारामा खानेपानीको हाहाकार मचिदा सिंगो गाउँ नै त्रसित अवस्थामा परेको छ । स्थानियले पहिलेदेखिनै प्रयोग गरेको खानेपानी पाउदुर मरैचे खानेपानी बिगत ९ महिना देखि कास्की नाडडाँडामा बिग्रिराखेको छ। नयाँ ३ वटा वोरिङको मोटर विग्रिएपछि गाउलेहरुनै खानेपानीको थप समस्या झेल्दै आएका छन्। करिब ३–४ किलोमिटरको दुरी पार गरी आएका एक स्थानीयले भन्छन्। “सरकार भिडभाड नगर्नु भनेपनि जोखिम मोलेर पानी लिन पुरानो पँधेरोमा आएको हो ।”
पुरानो पँधेरोमा पानी लिन जाँदा करिब ५०–६० जना भन्दा बढी पानी लिनको लागी भीड भएको देख्न पाइन्छ। भने विहान र वेलुकाको समयमा त्यो भन्दा पनि बढी मानिसहरु पानि लिन आउने गरेको स्थानीयहरु बताउछन्। खानेपानी प्राविधिक चक्र बस्ताकोटी १ घण्टाको पैदल यात्राबाट आफूले पानी ल्याउएको बताएका थिए।
पानी लिन आउँदा स्थानीयहरु न माक्सको प्रयोग गर्छन न सामाजिक दुरीको नै। लाग्छ कुनै मेला हेर्न आएको जस्तो गरी साना दुधेबालक देखि बृद्ध सम्म नै पानीको लागि गेलिन र गाग्री बोकेर दैनिकी टालीरहेका छन्।

यस विषयमा वडा नं। २४ का वडाध्यक्ष ओम प्रकाश सुवेदी सँग कुराकानी गर्दा ३ वटा मौला वोरिङ सञ्चालन बाट १७५ घरमा १ घर १ धारा जोडिएको भएतापनि मोटरको पाता विग्रिएर बनाउँदा समेत नबनेको हुँदा पुन मोटरनै बनाउनुपर्ने र मोटर ८० मिटर तल भएको हुँदा समस्या आएको बताएका छन् । लकडाउनको प्रभावले गर्दा दक्ष प्राविधिक र मोटर इक्युपमेन्ट ल्याउनमा समस्या भएको जानकारी गराएका थिए। यस समस्या समाधानको लागि आफू तत्पर लागि परेको र १–२ दिनमा नै पानीको समस्या समाधान गरी प्रत्येक धारामा पानी आउने बताएका छन्।
विभिन्न मितिमा स्वदेश तथा विदेशबाट कास्कीकोटमा आएकाहरुलाई सुरक्षित क्वारेन्टाइनमा नराखिएको हुँदा कास्कीकोटमा थप जोखिम निम्त्याएको भन्दै स्थानीयहरु त्रास व्यक्त गरेका छन्।

हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस