संक्रमणबाट कर्मचारीको मृत्यु भएमा १० लाख


गोदावरी नगरपालिकाले नगरमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा आस्रित परिवारलाई १० लाख रुपैंया दिने भएको छ ।

नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको नगर प्र्रमुख गजेन्द्र महर्जनले बताए ।

‘कोरोना भइरसका कारण पूरै देश लकडाउन भइरहेको अवस्थामा उक्त रोगसम्बन्धी उपचार, रोकथाम, जनचेतना फैलाउने कार्यमा नगर क्षेत्रभित्र खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायत सो रोगबाट सङ्क्रमित भई उपचार गर्नुपरेमा हामीले निःशुल्क उपचार गर्ने समेत निर्णय गरेका हाँै,’ मेयर महर्जनले भने ।

मुलुकमा लकडाउन अवधिभर स्वास्थ्य चौकीमा कर्तव्य निर्वाह गर्ने स्वास्थ्यकर्मी र टोलटोलमा खटाइएका स्वास्थ्यकर्मीलाई एक महिनाको २५ लिटरका दरले इन्धन दिने निर्णय पनि नगरपालिकाले गरेको छ ।

यसैगरी गोदावरीले आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन रु ५ सय रुपैयाँ का दरले प्रोत्साहनभत्ता उपलब्ध गराउने निर्णय गरेको महर्जनले जानकारी दिए ।

नगरपालिकाले जोखिमलाई न्यूनीकरण गरी नगरवासीलाई सुरक्षित राख्न अत्यावश्यक कामका लागि प्रत्येक वडालाई २ लाख बराबरको खर्च दिने निर्णय गरेको छ ।

यसैगरी गोदावरीले लकडाउनको समयमा अपाङ्गता भएका महिला, ६ महिनासम्मको सुत्केरी, दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्न बाध्य श्रमिक तथा मजदुर र एकल महिलाको विवरण सङ्कलन गरी विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको छ ।

समाचार साभार: शिलापत्र जनबोली


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope