ज्यानहरु अहिले भूमिगत छन


तुलसी आचार्य

ज्यानहरु अहिले भूमिगत छन,
कुनै भयमा, कुनै आस्थामा, घरभित्र ।
नास्तिकहरुले पनि नास्तिक हुनुको नियम तोड्न थालेपछि
डर त मलाई पनि लाग्न थालेको छ ।
अहंकार त मेरो पनि तोडिएको छ ।
मेरै टाउकोको मूल्य तोकेर,
मै भए ठाउँ कसैले कोरोना भाइरसलाई पठाएको होकी जस्तो लागेर,
म आँफै घर भित्र टाउको लुकाईरहेछु।
त्यो त्रास, त्यो भयमा, भूमिगत छ ज्यान घरभित्र ।


घरभित्र एउटा टिभी छ, कोरोना भाईरस समाचारमा छ ।
मेरो हातमा एउटा रिमोट छ, कोरोना भाईरस हरेक च्यानलमा छ ।
कोल्टे फेर्दा नि कोरोना छ, सास फेर्दानी कोरोना छ ।

कौसीमा चडेर येसो कसैले नदेख्ने गरि मुन्टो निकाल्छु,
र हेर्छु केहि उट्पट्याङ्गहरु, निक्लिएको देख्छु बाटाभरि,
आत्तिन्छु कतै कोरोना भाईरसहरु पो हिडिरहेका छन कि !
झंस्किन्छु आँखै अघि बिस्व लडेको देखेर, वुहानदेखि अमेरिकासम्म
इटाली र स्पेन हुँदै इरानसम्म !
प्रस्न उब्जिन्छ- के अमेरिकाले कल्पना गरेको थियो
४ दिनमा २ हजार भन्दा बढीको यौटै चिहान होला?
वुहानको माहामारी त्यहाँसम्म पुग्ला?
हेर्दा हेर्दै, मास्क, भेन्टिलेटर, वस्त्र र उपकरणको अभाब होला?
खरबौ डलर छुट्ट्याउनु पर्ला?
लाखौ बेरोजगारी हुनुपर्ला?
हाहाकार र भयको भुतले तर्सिनु पर्ला?


किन सिक्दैनन उट्पट्याङ्गहरु यो पाठ?
“कन्ट्याजियन” चलचित्रका पात्रहरुको हालत जस्तो त्रासमा मान्छेलाई राखेर,
गाउँ, सहर, देश र बिस्व डुल्दैछ कोरोना अहिले यतिबेला,
ज्यान पातमा भएजस्तो आभास दिदैछ भाईरस हामीलाई यतिबेला !

म सोच्दैछु यो संग मेरो जित
झुकेरै हुनेछ, लुकेरै हुनेछ !


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope